७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जमा विद्यालय र माछामासु पसल बन्द

वीरगन्जमा जारी अश्वमेध गायत्री महायज्ञ। तस्बिरः रितेश/नागरिक

वीरगन्ज  – वीरगन्जमा सञ्चालन भइरहेको अश्वमेध गायत्री महायज्ञका लागि मुख्य सहर क्षेत्रका विद्यालयहरू बन्द गराइएका छन् भने माछामासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। महायज्ञका कारण भिडभाड बढी हुने हुँदा असुरक्षाका कारण तथा सडकमा स्कुल बस सञ्चालन गर्न कठिन हुने भएकाले पछि मिलाउने गरी यज्ञ अवधिभर तीन दिन विद्यालयहरू बन्द गराइएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए।

केही स्थानीयले समााजिक सञ्जालमा उक्त निर्णयको विरोध गरे पनि सम्बन्धित विद्यालय र शैक्षिक संघसंस्थाले भने कुनै प्रतिक्रिया दिएका छैनन्। ‘वीरगन्जका हजारौं अभिभावक आफैं यज्ञमा सहभागी छन्, उनीहरूकै रायमा हामीले अन्तिम समयमा विद्यालय तीन दिनका लागि बन्द गराउने निर्णय गरेका हौं, त्यसमा पनि एक दिन त माहाशिवरात्रि नै पर्छ ’ नगरपालिका प्रमुख सरावगीले भने, ‘यसपालि जाडो बिदा पनि भएन, तापनि यसको सट्टा आगामी बिदाहरूमा समायोजन गर्नेछौं।’

यस्तै वीरगन्ज महानगरपालिका क्षेत्रमा आइतबारदेखि माछामासु बिक्री बन्द गराइएको छ। महानगरपालिका कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गरी यज्ञ अवधिभर माछामासु किनबेच नगरिदिन आह्वान गरेपछि माछा मासुका पसलहरू बन्द गरिएका हुन्। आइतबार सुरु महायज्ञ बुधबारसम्म चल्ने आयोजकले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App