coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बरामद हतियार माओवादीका हैनन् : दाहाल

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय विभिन्न स्थानबाट बरामद हतियार क्यान्टोनमेन्टबाट हराएका सेनका हतियार भएको दाबी गरेका छन्। माओवादी क्यानटोनमेन्टमा भएका सबै हतियार उतिबेलै व्यवस्थापन गरिसकिएको भन्दै उनले माओवादीले लुकाएको हतियार भेटिएको भन्ने आरोप सत्य नभएको बताए। कम्युनिस्टहरू नमिलुन् भनेर केहि शक्ति लागिपरे पनि उनीहरूले केही बिगार्न नसक्ने उनको भनाइ थियो। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

दाहालले पछिल्लो समयमा भइरहेका बिष्फोटनलगायतका घटनालाई सरकार र राज्यले गम्भीर रूपमा लिएको बताए। नेकपा विप्लव समूहका नाममा पछिल्ला भएका गतिविधि अतिवाद भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भीर बन्ने उनले दाबी गरे। सरकारले सहमति र वार्तामा नआए विप्लव समूप्रति कठोर हुने संकेत गर्दै भने, ‘विभिन्न समूहका नाममा भइरहेका बिष्फोटनलगायतका गतिविधि अतिवाद हो,’ दाहालले भने, ‘अतिवादको नियन्त्रण सरकारले गर्छ।’

यस्तै, अध्यक्ष दाहालले संघीय समाजवादी फोरमस“ग भएको सहमतिअनुसार संविधान संसोधन गरिने बताएका छन्। उनले संघीय समाजवादी फोरम सरकारमा सहभागी हु“दा गरिएको ३ बु“दे सहमतिका आधारमा संविधान संशोधन हुने जानकारी दिए। दाहालले भने, ‘उपेन्द्रजीहरूस“ग भएको ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिन्छ।’ प्रचण्डले संविधान संशोधनकै क्रमममा राजपाका माग पनि सम्बोधन हुने स्पष्ट पारे। उनले तत्कालै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्भावना नभएको बताए। उनले सरकारले गिएर बढाउ“दै लगेकाले चा“डै विकास र समृद्धिको गन्तव्यतर्फ उन्मुख हुने दाबी पनि गरे। ‘सरकारले गिएर बढाउ“दै लगेकाले चा“डै विकास र समृद्धिको गन्तव्यउन्मुख भएर अघि बढ्छ,’ दाहालले भने।

पार्टी एकताबारे कुनै झमेला नभएको दाबी गर्दै अध्यक्ष दाहालले छिट्टै एकता प्रक्रिया पूरा हुने बताए। उनले केही दिनभित्रै दुवै अध्यक्षबीच छलफल हुने र त्यही छलफलपछि पार्टी एकताले मूर्तरूप लिने स्पष्ट पारे।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App