१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी महानिरीक्षक अर्यालले दिए कुभिण्डो बली

काठमाडौँ-प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नक्सालस्थित  मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गरेका छन् ।
वडा दशैंमा नेपाल प्रहरीले परम्परागत रुपमा यो पूजा गर्दै आएको छ। 

अर्यालले मौलोमा पूजा विसर्जनका लागि कुभिण्डो तथा बलीपूजाबाट मौलो पूजा, सङकल्प पूजाअर्चना र निसानमा पञ्जा छाप लगाएका थिए । 

उत्कृष्ट कार्यगरेको भन्दै अर्यालले प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार टंकनाथ गिरीलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत अधिकृत तथा जवानहरुकोसमेत उपस्थिति रहेको उक्त मौलो पूजाका अवसरमा प्रहरी अधिकृत तथा जवानहरुबीच बिजयादशमीको शुभकामना आदान प्रदानसमेत गरिएको थियो ।

प्रकाशित: २४ आश्विन २०७३ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App