coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘निर्धक्क लगानी गर्नुस्’

फाइल तस्बिर

विराटनगर – प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गरेका छन्।

विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’ उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले उद्यमी व्यापारीको लगानीको सुरक्षा सरकारले गर्ने विश्वास दिलाए। निजी क्षेत्रलाई उद्योग, व्यापार तथा पूर्वाधार क्षेत्रमा लगानी गरी नागरिकका लागि रोजगारी सिर्जना गर्न उनले आग्रह गरे। मुुख्यमन्त्री राईले विद्युत् आपूर्तिको निरन्तरता, बाटोघाटोको सुविधा तथा विकासका ठूलाठूला पूर्वाधार निर्माण भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रले मुलुकको व्यापार घाटा नियन्त्रण गर्न लगानी गर्नुपर्नेमा जोड दिए।

सेन्ट्रल मलका निर्देशक प्रकास मुुन्दडाले विराटनगरमा लगानीको वातावरण बन्न थालेको बताए। विराटनगर मेनरोडमा एक अर्बको लागतमा निर्माण गरिएको सो मलमा एक सय चार पसल कबल छन्। यसमा तीन सयभन्दा बढी व्यक्तिले रोजगारी पाएको मुन्दडाले बताए। मलमा सुुविधासम्पन्न बजारका साथै अत्याधुनिक सिनेमाहल समेत छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App