७ वैशाख २०८१ शुक्रबार
राजनीति

फोरमलाई सरकारमा ल्याउँदाको सहमतिअनुसार संविधान संशोधन हुन्छ : अध्यक्ष दाहाल

विराटनगर - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग भएको सहमतिअनुसार संविधान संशोधन गरिने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहाले संविधान संशोधनको बाटो खुलेको बताएका छन्। 

दाहालले सरकारमा फोरमलाई सहभागी गराउँदा गरिएको ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन हुने जानकारी दिए। उनले भने, ‘उपेन्द्रजीहरूसँग भएका ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिन्छ।’ प्रचण्डले संविधान संशोधनकै क्रमममा राजपाका माग पनि सम्बोधन हुने स्पष्ट पारे।

उनले तत्कालै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्भावना नभएको प्रस्ट्याए। सरकारले गिएर बढाउदै लगेकाले चाडै विकास र समृद्धिको गन्तव्यतर्फ उन्मुख हुने पनि उनले दाबी गरे। पार्टी एकताका विषयमा कुनै झमेला नभएको दाबी गर्दै  छिट्टै पार्टी एकता प्रकृया पूरा हुनेमा उनले विश्वस्त तुल्याएका थिए।

केही दिनभित्रै दुवै अध्यक्ष बसेर छलफल गर्ने र पार्टी एकतालाई मूर्तरूप लिने उनले स्पष्ट पारे। कम्युनिस्टहरू नमिलून् भनेर केही शक्ति लागि परे पनि उनीहरूले केही बिगार्न नसक्ने दाहालको भनाइ थियो। पछिल्लो समय विभिन्न स्थानबाट बरामद सेनाका हतियार क्यान्टोनमेन्टबाट हराएका हतियार भएको दाहालले दाबी गरे।

उनका अनुसार माओवादी क्यानटोनमेन्टमा भएका सबै हतियार उतिबेलै व्यवस्थापन गरिसकिएको छ। ‘ माओवादीले लुकाएको हतियार भेटिएको भन्ने आरोप सत्य हैन,’ आरोपको खण्डन गरे। 

 

प्रकाशित: २० फाल्गुन २०७५ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App