coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वघोषित राष्ट्रपति गुआइडो भेनेजुएला फर्कने

काठमाडौं- आफुलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडो स्वदेश फर्कने भएका छन्। उनले भोली ११ बजे नागरिकहरुलाई प्रदर्शनीमा उत्रन आव्हान गर्दै र्‍यालीलाई सम्वोधन गर्ने बताएका छन्। उनले ट्वीट गर्दै भेनेजुएलाका नागरिकलाई प्रदर्शनीमा उत्रन भनेका हुन्।

गुआइडोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन्। उनले राष्ट्रपति निकोलस मुडुरोलाई राजीनामा दिन भनेका छन्। निर्वाचित राष्ट्रपति मडुरोलाई चीन, रुस, क्यूवा लगायतका देशको समर्थन रहेको छ।

गुआइडो कसरी स्वदेश फर्कन्छन् भने अस्पष्ट रहेको बीबीसीले जनाएको छ। स्वदेश फर्कन लागेका उनलाई राष्ट्रपति मुडुरोले कस्तो एक्सन लिने हुन् भन्ने हेर्न बाँकी रहेको छ।

भेनेजुएलाको सर्वोच्च अदालतले गुआइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यात्रा गर्न प्रतिवन्ध लगाएको छ। अमेरिका, यूरोप लगायतका देशहरुले गुआइडो प्रति त्यस्तो कुनै कार्य भए चुप नलाग्ने चेतावनी दिइसकेका छन्।

गत महिना कोलम्वीया पुगेका गुआइडो ल्याटिन अमेरिकी देशहरुको भ्रमण गरेका छन्। उनले अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, कोलम्बिया, ब्राजिलका नयाँ राष्ट्रपतिसँग पनि भेटघाट गरेका छन्।

 

 

 

प्रकाशित: २० फाल्गुन २०७५ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App