८ वैशाख २०८१ शनिबार
समाज

डोलेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो

भक्तपुर । महाशिवरात्रिका दिन सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको छ।

डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन अन्य वर्षमा जस्तै यस वर्ष पनि दर्शनार्थीहरूको भीड लागेको हो। दर्शनार्थीहरूलाई सहज दर्शनका लागि विभिन्न व्यवस्था मिलाइएको छ।

मन्दिरमा विशेष पुूजाआजा, हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने समेत व्यवस्था मिलाइएको छ। सुरक्षा अवस्थालाई ध्यान दिँदै महानगरीय प्रहरी वृत जगाती र सवारी व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी परिसरले प्रहरी परिचालन गरिदिएको छ।

दर्शनका लागि आएका भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षणका लागि स्वयंसेवक रुपमा नेपाली सेना वीरदल गण सूर्यविनायकका चिकित्सकले स्वास्थ्य शिविरसमेत उपलब्ध गराएका छन्। 

केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले महाशिवरात्रिका समयमा आएका साधुसन्तहरूलाई भोलि मंगलबार बिदाइ गरिने जानकारी गराए।

उनले समितिको वार्षिक कार्यक्रम अनुसार आज सोमबार भक्तजनहरूले आफैं मन्दिरभित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरूको भीड लागेको बताए। 

प्रकाशित: २० फाल्गुन २०७५ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App