६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

बाढीले बीसको मृत्यु

काबुल – मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन्। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनासकारी  बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीले आइतबार जानकारी दिएका छन्। अधिकारीले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन्। बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि छन्। देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको पनि समाचारहरुमा जनाइएको छ।

तलेको पाइपमा विस्फोट हुँदा ५० को मृत्यु
नाइजेरियाको पूर्वीक्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवासमेत उठेको अधिकारीले बताएका छन्। सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन्। घटनामा परी घाइते भएकाको सङ्ख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ। नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटन भएर मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन्। घटना भएको सो ठाउँमा यसअघि पनि सयौंको मृत्यु भएको थियो।

 

प्रकाशित: २० फाल्गुन २०७५ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App