शिक्षामा अन्योल कहिलेसम्म ?

सोमबार, २० फागुन २०७५, ०९ : २९ रमेशप्रसाद गौतम

२०२८ सालको नयाँ शिक्षा योजनाको पद्धतिपश्चात शिक्षकहरूलाई पेशागत व्यावसायिकरूपमा ढालियो। जसले गर्दा शिक्षण कार्य एउटा सेवा हो भन्ने भावनाबाट व्यावसायिक पनि हो भन्ने धारणा बन्दै आयो। परिणामतःशिक्षकहरू जागिरे मानसिकतातर्फ उन्मुख हुन थाले। सामुदायिक विद्यालयका शिक्षकले सरकारी जागिरेसरहनै सुविधा पनि पाउँदै आए। तत्कालीन व्यवस्थाले जागिरे मानसिकता ल्यायो। नयाँ शिक्षा योजनासँगै शिक्षकलाई तालिम दिने र तिनलाई नयाँ ज्ञान, सिप र धारणा दिइने कामले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। तर व्यवहारमा यसले खासै ऊर्जा प्राप्त गर्न सकेन। शिक्षामा विभिन्न पक्षका सम्बन्धमा राज्यले प्रशिक्षण दिने गरेतापनि त्यसले प्रभावकारी प्रतिफल नदिएको गुनासो सुन्नमा आउँछ।

शिक्षकलाई निरन्तर तालिम जरुरी छ। तर यथास्थितिको तालिम होइन। विद्यमान तालिमको रूप र सारमा परिवर्तन गरिनुपर्छ। हरेक तालिम आफैँमा विशिष्टकृत हुनु जरुरी छ। यहाँनेर विषयगत साथै क्षेत्रगत विशिष्टीकरणतिर पनि ध्यान पु¥याउनुपर्छ। पढाउने विषयगत शिक्षकमा हरेक कक्षामा पढाइ हुने विषयको न्यूनतम योग्यता निर्धारण गरिएको हुन्छ। कक्षा कोठामा विद्यार्थीलाई सिकाउने सिप अभिवृद्धिनै तालिमको मनसाय हो। शिक्षकलाई तालिम दिने प्रशिक्षकले पनि प्रवचन विधिद्वारा प्रशिक्षण दिने कार्य गर्छन्। सैद्धान्तिक व्याख्याले मात्र कार्यमूलक अनुसन्धानात्मक प्रवृत्तितर्फ उन्मुख गराउन सक्दैन। शिक्षक र विद्यार्थीका अन्तरसम्बन्धले पनि शैक्षणिक प्रक्रियालाई ठूलो प्रभाव पार्छ। त्यहाँको भूगोल, समाज र विद्यालयको भौतिक अवस्थाले पनि शिक्षकको सिकाइ प्रक्रियामा प्रभाव पारेको हुन्छ।

विद्यार्थीले आफ्नो कक्षा कोठामा इमान्दार शिक्षक खोजेको हुन्छ। उसले इमान्दार शिक्षक नभेटेर उल्टो शिक्षकको पक्षपातपूर्ण व्यवहार अनुभूत गर्न गएमा भोलि विद्यार्थी न्यायप्रेमी, सहयोगी र सामाजिक बन्न सक्दैन। ऊ पूर्वाग्रही, क्रोधी र झगडालु बन्न सक्छ। शिक्षाले मानवताको ज्ञान दिँदैन भने त्यो व्यक्तिले जतिसुकै ठूलो डिग्री हासिल गरेपनि उसको ज्ञान मानवता हितमा नलाग्न सक्छ। हुनत शिक्षाको स्रोत पाठ्यक्रमलाई मात्र मान्ने चलन छ। यो व्यावहारिक पक्ष होइन। विद्यार्थीका लागि घर परिवार, वरपरको वातावरण साथीभाइ विद्यालय तथा समाजका सबै पक्षबाट अनौपचारिकरूपमै भए पनि शिक्षा पाइनै रहेको हुन्छ। विद्यार्थीले समाजभित्र देखेर, सुनेर, बुझेर भोगरे धेरै कुरा सिकेको हुन्छ। यसैले शिक्षा ज्ञान, चेतना र विवेकको स्रोत बन्नुपर्छ।

प्राचीन शिक्षा पद्धतिमा पैसा लिएर पढाउने चलन थिएन । यो कुरा बिनाआदर्श र त्याग नभई संभव हुँदैन ।

हाम्रो शिक्षाको आदर्श भनेको नै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध बाबु छोरा वा बाबु छोरीको जस्तो हो। विद्यार्थी शिक्षकसँग धक नमानी अति रमाइलोसँग पढ्ने परम्परा हो। प्राचीन शिक्षा पद्धतिमा पैसा लिएर पढाउने चलन थिएन। यो कुरा बिनाआदर्श र त्याग नभई संभव हुँदैन। कर्तव्य सम्झी गरेको कुनै पनि कामको परिणाम राम्रो हुन्छ भन्ने कुरा तत्कालीन गुरुले चेलालाई सिकाएको उदाहरणले पुष्टि गर्छ। आधुनिक शिक्षा परिपाटीमा पनि विद्यार्थीको पढाइमा ध्यान जगाउनका लागि शिक्षकको शिक्षण विधि रोचक हुनुपर्छ। शिक्षक आफ्नो विषयमा दक्ष हुनुका साथै विद्यार्थीका अगाडि हँसिलो र  नम्र बन्नुपर्छ। कक्षा कोठामा प्रवेश गर्दा पढाउने पाठको तयारी गर्नुका साथै विषयवस्तुलाई नयाँ ढंगले प्रस्तुत गर्ने शैली र ढाँचा अपनाउँदा हमेसा प्रसन्न चित्त बनाइराख्नुपर्छ। कक्षा कोठामा गीत गाएर, कविता पढेर वा कथा सुनाएर भए पनि केटाकेटीको ध्यान विषयवस्तुतर्फ केन्द्रित गराउन सक्नुपर्छ।

नेपाल सरकारले शिक्षामा गुणस्तर बढाउन ठूलो लगानी लगाएर पनि प्रतिफल अपेक्षाकृत देखिँदैन। अझै राज्यले शिक्षामा लगाएको लगानी अपर्याप्त छ। शिक्षामा गरिने निर्णय अहिलेसम्म व्यावहारिक छैन। राजनीति शिक्षानीति निर्माण गर्ने भएकाले यसमा सुझबुझता देखिएको छैन। सरकारले शिक्षकलाई पेशाप्रति जिम्मेवार बनाउने कार्ययोजना र कार्यनीति बनाएर लागु गर्ने दिशातर्फ ध्यान दिएको छैन। दलगत स्वार्थका लागि शिक्षक र विद्यार्थीलाई प्रयोग गरिने कार्यले निरन्तरता पाइरहेको छ। यसले गर्दा शिक्षण संस्थामा व्याप्त राजनीतीकरण भएको छ। राजनीतिक भागबन्डाका आधारमा विद्यालय तहदेखि विश्व विद्यालय तहसम्मका प्रमुख नियुक्त हुन्छन्।

पञ्चायती व्यवस्थादेखि अहिलेसम्म पनि राजनीतिक नेताहरूले शिक्षकहरूलाई आफूअनकूल बनाउने काममात्र गराए। राजनीतिक दलहरूले आफू सत्तामा पुग्न बारम्बार शिक्षक र विद्यार्थीलाई भ¥याङ्ग बनाउँदै आएकाछन्। राजनीतिक दलहरूले विद्यार्थी–विद्यार्थीबीच, शिक्षक–शिक्षकबीच फुटाउने लडाउने काम पनि गरिरहेकाछन्। शिक्षालयहरूमा राजनीतिक दलहरूले अनेक प्रकारका भातृसंघ, संगठन बनाएर शिक्षाको गुणस्तर बढाउने भन्दा दलगत शक्ति सञ्चय गर्न लागिरहेका छन्। दलहरूलाई चन्दा उठाउन, दलको प्रचारप्रसार गर्न दलकै संगठन विस्तार गर्न, नेताहरूको स्वागत गराउन, चुनावको समय भोट माग्नसमेत शिक्षकलाई नै प्रयोग गर्ने गरेकाछन्। जुन कुनै हालतले उचित मान्न सकिन्न।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad