८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

यस्तो छ मुटुरोग विशेषज्ञको दशैं टिप्स

काठमाडौं–वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले चाडपर्वको बेलामा खानपिनमा ध्यान दिनुपर्ने बताएका छन्। उनले चाडपर्वमा विशेषगरी आहार विहारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्। 

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. भट्टराईले भने, ‘चाडपर्वमा पनि इमर्जेन्सी केसेहरु आउँछन्, हार्ट अट्याकका विरामीहरु बढिरहेका छन्।’ उनले खानामा मात्रा र परिकारभन्दापनि गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखे। भट्टराईले थपे, ‘ अहिले खानामा क्वालिटी नियन्त्रण छैन।’ उनले स्वस्थकर मासु तथा अन्य परिकारहरु खानुपर्ने टिप्ससमेत दिए। 
उनले विश्व स्वास्थ्य संगठनले समेत एक चिया चम्चाात्रै नुन सेवन गर्नुपर्ने भएकाले सकेसम्म नून कम सेवन गर्न समेत सुझाव दिए । त्यस्तै उनले चाडपर्वमा पनि मासु लगायत अन्य चिल्लो परिकारसँगै अल्कोहल तथा धुम्रपान सेवन पनि ह्वात्तै बढेकोले यो रोक्नुपर्ने सल्लाह दिए। 

उनले अघि थपे, ‘अहिले ९० प्रतिशत मुटु रोगको समस्या अल्कोहल सेवन बाट भएको छ।’ भट्टराईले बदलिँदो जीवनशैलीबारे अरुलाई पनि प्रभाव पार्न सक्नुपर्ने धारणा राखे । उनले स्वस्थ हुनुको लागि नियमति व्यायाम तथा हरियो सागपात लगायतका खानेकुरामा बढी ध्यान दिनुपर्नेमा जोड दिए। 

पोषण विज्ञ डा. मनसा ठकुराठीले चाडपर्वमा मिष्ठान्न भोजनका परिकारहरु बढी सेवन गरिने भएकोले स्वास्थ्यलाई फाइदा गर्ने खानेकुरामा बढी ध्यान दिनुपर्ने टिप्स दिएकी छिन्। शरीरलाई फूर्तिलो साथ अघि बढाउन र आलस्य कम गर्ने खानेकुरा सेवनमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो। 

उनले मासुमा रातोभन्दा पनि सेता मासु सेवनमा बढी जोड दिनुपर्ने बताइन्। उनले भनिन्, ‘रातो मासुले शरीरमा विकराल निम्त्याउँछ, यसले मधुमेह तथा पेट तथा आन्द्रामा क्यान्सर लाग्ने सम्भावना हुन्छ।’ उनले खाद्य अनुगमनलाई भनकको रुपमा मात्रै नभएर रनकको रुपमा अघि बढाउनुपर्ने धारणा राखिन् । बजारमा खाद्यवस्तुमा मिसावट पाईएको बताउँदै त्यसलाई रोक्नेगरी अनुगमन गर्नेतिर सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 

चिकित्सक डा. शिवजी विक्रम सिलवालले वाँच्नको लागि आहार चाहिएपनि स्वास्थ्यलाई ख्यालमा राखेर आपूmलाई फिट हुनेगरी भोजन सेवन गर्नुपर्ने बताए। उनले चाडपर्वमा चिल्लो खानेकुरा बढी खाने चलन भएकोले सकेसम्म चिल्लो, पिरो र नुनलाई अभ्योइड गर्नुपर्ने टिप्स दिए। त्यस्तै उनका अनुसार खानेकुरामा घिउ, चीनी पनि कम गर्नुपर्ने छ ।
 

प्रकाशित: २३ आश्विन २०७३ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App