८ वैशाख २०८१ शनिबार
समाज

विद्यालय भवन निर्माण अलपत्र

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित सावित्रा माविको दुईकोठे भवन निर्माण अलपत्र परेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७२ चैत ९ गते थालिएको एकतले भवन निर्माण बीचमै अलपत्र परेको हो।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयसँग गरिएको सम्झौताअनुसार २०७४ जेठ मसान्तसम्ममा डिपिसीको काम पूरा गरिएको भए पनि मन्त्रालयले रकम नपठाएपछि भवन निर्माण रोकिएको सावित्रा माविका प्रधानाध्यापक शरण खत्रीले बताए।

मन्त्रालयले कुल बजेट १८ लाख रुपैयाँमध्ये पहिलो किस्ता ३ लाख ३५ हजार ८४८ र दोस्रो किस्ता १ लाख ७० हजार रुपैयाँबाहेक बाँकी रकम उपलब्ध नगराएपछि विद्यालय भवन निर्माण बीचमै रोकिएको हो। पच्चीस प्रतिशत जनश्रमदान जुटाएर तीन वर्षभित्र पूरा गर्ने विद्यालयको नयाँ भवन निर्माण सुरु गरिएको थियो। तर भवन निर्माण बीचमै अलपत्र परेपछि स्थानीय अभिभावक निराश भएका छन्।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App