७ वैशाख २०८१ शुक्रबार
समाज

गाँजासहित युवक पक्राउ

सर्लाही – सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उत्तरी चुरेक्षेत्रबाट लखन्देही खोला हुँदै गाँजा लिएर आउँदै गर्दा शुक्रबार राति लखन्देही पुल नजिकबाट फरुणलाई पक्राउ गरिएको हो। गाँजा बोक्न प्रयोग भएको बा. २६ प ९४२२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।्

फरुणले खोलाको बाटो हुँदै सिन्धुलीबाट गाँजा लिएर आएको हुन सक्ने प्रहरीको अनुमान छ। पाँच दिनअघि मात्रै सिन्धुलीबाट ट्याक्टरको टेलरमा लुकाएर ल्याउँदै गरेको ३१ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका थिए। सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रबाट गाँजा सर्लाही ल्याई खुला सीमा हुँदै भारत पु¥याउने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App