५ वैशाख २०८१ बुधबार
अर्थ

वैशाखमा पर्यटन मेला

काठमाडौं – गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टिक टुरिजम मार्ट–२०१९’ गर्ने भएको छ।

आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित मेला आयोजना गर्न लागिएको जानकारी दिइयो।

आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा आयोजना हुने उक्त मेलामा पर्यटन सम्बद्ध दुई सय २५ व्यावसायिक संघ–संस्था तथा व्यापारिक स्टल रहने बताइएको छ।  सरकारको २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा पर्यटन प्रवद्र्धन गरी सहयोग पु¥याउन मेला थप सहयोगी हुने आयोजकको भनाइ छ।

पहिले देश, अनि विदेश नारासाथ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागीले सरकारको प्रयासमा निजी क्षेत्रको पहिलोपटक उत्साह जोडिएको भन्दै मेलाले पर्यटन प्रवद्र्धनमा महचत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले पर्यटन प्रवद्र्धन गर्ने कुरा कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सबैको भएको र आफूले सक्दो सहयोग गर्ने बताए।

पर्यटन व्यवसायी विक्रम पाँडेले दिगो समृद्धि आन्तरिक पर्यटनले मात्र सम्भव हुने भएकाले यसमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले नेपाल ऐतिहासिक कालखण्डदेखि आन्तरिक पर्यटनको केन्द्र रहेको भन्दै विकसित समयमा यसको प्राविधिक दायरा पनि फराकिलो हुँदै गएको बताए। आन्तरिक पर्यटक पर्यटनको चुरो भन्दै उनले पूर्वाधारबिना पनि आन्तरिक पर्यटन सुरु हुने र समयक्रममा पूर्वाधार अपरिहार्य हुने बताए।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य पम्फा धमलाले यो पर्यटन क्षेत्रको लागि अत्यन्तै महत्वपूर्ण कार्यक्रम भएकाले सबै मिलेर यसलाई सफल बनाउनुपर्ने बताइन्।

होमस्टे एसोसिएसन अफ नेपाल (होसान)का अध्यक्ष केशव बडालले मुलुकभरका ७७ वटै जिल्लामा होमेस्टेको सञ्जाल रहेको र मेला सफल बनाउन देशभरिबाट स्टल राख्ने तथा सक्रिय भएर लाग्ने बताए।

रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले मेला सफल बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो क्षेत्रबाट सबैले योगदान दिनुपर्ने बताए।

आयोजकका तर्फबाट  गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को भिजन सफल पार्नकै लागि आफूहरुले मेला आयोजना गरेको भन्दै सरोकारवालालाई समेटेर अगाडि बढ्ने बताए।

२० लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न तथा पर्यटन बजारलाई चलायमान गराउन आफूले विगतदेखि नै सहकार्य गरेको भन्दै अधिकारीले पर्यटनमा नयाँ आशा जगाउन आफू लागिरहने बताए।

संस्थाका संयोजक माधबप्रसाद सुबेदीले ‘डोमेस्टिक टुरिजम मार्ट–  २०१९ को कार्ययोजना तथा उद्देश्यमाथि प्रकाश पारेका थिए।
आयोजकका अनुसार वैशाख १३ र १४ गते भृकुटीमण्डपमा पर्यटन सम्बद्ध विभिन्न स्टलका साथ मेला आयोजना गरिने छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App