७ वैशाख २०८१ शुक्रबार
समाज

चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन

काठमाडौं–महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एआइजी थापाले भने,‘चाडपर्वलाई लक्षित गरेर हामीले विशेष अभियान नै चलाएका छौं, यो वेलामा अपराधिक क्रियाकलाप नहोस् भनेर हामी पूर्ण सचेत छौ ।’ 

बजारमा देखिएका कृत्रिम अभाव र मुल्यवृद्धिलाई समेत ध्यानमा राखी आफूहरुले काम गरिरहेको उनको भनाइ थियो। यात्रुहरुको गन्तव्यसम्मको सुरक्षित यात्रादेखि अन्य सुरक्षा, चोरी, डकैती, पाकेटमारीबारेसमेत प्रहरीले काम गरिरहेको उनले जनाए। उनले अघि थपे,‘चाडपर्वलाई लक्षित गरेर उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेका छौं।’ 

एआइजी थापाका अनुसार प्रहरी अहिले सादा पोशाक र सिभिलमै परिचालन गरिएको छ । बजारमा किनमेल गर्न जाँदा नगद रुपैयाँ बोकेर जाँदा चोरी हुने अथवा लुटिने घट्नाहरु बढी घटेकोले यसप्रति प्रहरीले विशेष निगरानी बढाएको उनले विश्वास दिलाए। आफूलाई कसैले दुव्र्यवहार वा अपराधिक काम गरेको महशुस भए तुरुन्त प्रहरीलाई खबर गर्न थापाले आग्रह गरे। उनले भने, ‘हामीलाई खबर गर्नुहोस्, हामी पाँच मिनेटभित्रै आइपुग्छौं।’

दशैंको लागि घर जाने यात्रूहरुलाई चर्को भाडा लिइएकोबारेमा समेत प्रहरीले विशेष निगरानीका साथ काम गरिरहेको थापाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म २ हजार यात्रुहरुलाई लिइएको बढी भाडाबाट १० लाख रुपैयाँ प्रहरीको सहायताबाट फिर्ता भएको छ। उनले अरुलाई असुरक्षित हुनेगरि कुनै पनि क्रियाकलाप समेत नगर्न आग्रह गरे। 
 

प्रकाशित: २३ आश्विन २०७३ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App