८ वैशाख २०८१ शनिबार
राजनीति

हिन्दु राष्ट्रको जनसंघर्ष थाल्ने थापाको चेतावनी

फाइल तस्बिर

महोत्तरी   – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको छ। राप्रपा नेपालद्वारा निकालिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाइ गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेका थापाले हिन्दु राष्ट्र पुर्न स्थपानाका लागि चैत्र महिनादेखि जनसंर्घष गर्ने चेतावनी दिएको हो।

‘हिन्दु राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डता बलियो बनाउन र भ्रष्टाचार नियन्त्रणको निमित्त राप्रपा बन्दुक बोक्ने होइन, जनता उठाउने काममा लाग्ने छ। जंगल जाने छैन, जनतालाई सडकमा उतारोर जनसंर्घष गर्ने छ,’ उनले भने, ‘प्रधामन्त्रीलाई हिन्दु राष्ट्र पुनःस्थापनालगायत विभिन्न २२ बुँदे माग राखेर यात्रा सुरु गरेको र माग पूरा नभए चैत्रबाट जन संर्घषमा उत्रन्छौं।’

हिन्दु राष्ट्र स्थापनाका लागि जनमत तयार गर्ने र सरकारलाई जनदबाब दिएर हिन्दु राष्ट पुनःस्थापना गर्ने उद्देश्य बोकेर फाल्गुन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्वाभिमान यात्रा आइतबार शिवरात्रीको पूर्व संध्यामा जलेश्वर आइपुगेको हो। जलेश्वरनाथ महादेवको पूजापश्चात राप्रपा अध्यक्ष थापाले हिन्द्ु राष्ट्र पुनःस्थापना जस्तो महान संकल्पको साथ हिँडिरहेको स्वाभिमान यात्रा शिवरात्रीको पूर्व संध्यामा साक्षत महादेव जलेश्वरनाथसमक्ष उपस्थित हुन पाएकोमा खुसी व्यक्त गरेका थिए।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App