coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा नेकपाक नेता माधव नेपाल, जितेन्द्र सोनललगायतका सहभागी। तस्बिर : नागरिक

बारा - पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थाल निर्माण गर्नको लागि टागियाबस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने बताए।

विमानस्थल निर्माण हुने स्थानमा बसोबास गरेका टागियाँवासीको व्यवस्थान गर्न जरुरी रहेको र बस्ती व्यवस्थापन गरिए यसको निर्माणमा कुनै समस्या नहुने उनले बताए। टगियाबस्तीका १ हजार ४ सय ७६ घर परिवारलाई चाँडो भन्दा चाँडो व्यवस्थापन गर्न सरकारलाई नेता नेपालले सुझाव दिए। एकैपटक धेरै रूख काट्ने चर्चा चलाएर जनतमा भ्रम फैलाउने कार्य गरिएकोले गर्दा भ्रममा नपर्न नेता नेपालले अग्रहसमेत गरे।

विमानस्थल बनाउनुभन्दा अगाडि चुरे क्षेत्रमा वृक्षरोपण गर्न सुझाव दिँदै उनले विमानस्थलसँगै टासिएर स्मार्ट सिटी बनाउन कुनै जरुरी नरहेको बताए। सिमरा, पथलैया वा वीरगन्जमा पनि स्मार्टसिटीको आवधारण ल्याई त्याँहा पनि स्मार्टसिटी बनाउन सकिने तर्क नेपालले गरे। भूमि र वनको क्षेत्राअधिकार अहिलेको नितान्त जरुरी नरहेको भन्दै प्रदेश सरकारलाई अन्तराष्ट्रिय विमानस्थल बनाउने काममा सकारात्मक पहल गर्न आग्रहसमेत गरे।

कार्यक्रमलाई सम्बाधेन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ मा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सराहनीय काम भएको बताए। उनले विमानस्थाल निर्माणका लागि संघीय सरकराले प्रदेश सरकारसँग कुनै समन्वय नगरेर एक्लै हिँड्न खोजेको आरोप मन्त्री सोनलले लगाए। संघिय सरकारको विभेदकारी नितिका कारण विकासका विभिन्न योजना प्रदेश सरकारले अगाडि बढाउन नसकेको समेत उनले बताए। थिचोमिचाको राजनीतिले विकास, समृद्धि र शान्ति कायममा वाधा व्यवधान हुने भएकोले गर्दा संघीय सरकारले प्रदेश सरकारको कार्यमा हस्तक्षेप गर्ने कार्य बन्द गर्नुपर्ने बताए।

कार्यक्रममा पुर्व मन्त्री पुरुसोतम पौडेल, प्रदेश २ का अर्थराज्यमन्त्री उषादेवी यादव, प्रदेश सासंद ज्वाला कुमारी साह, सुन्दर विक, जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी खनाल, वडाअध्यक्ष केदारनाथ बजगाई, वतावरण विज्ञ डा सुरेन्द्रराज उप्रेतीलगायले दोस्रो विमानस्थल निर्माण कार्यमा सबैले सहयोग गर्नुपर्ने धारण राखेका थिए।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App