सुनसहित पक्राउ परेका वडाध्यक्ष जेल चलान

सोमबार, २० फागुन २०७५, ०७ : ०० मिथिलेश यादव

लहान - सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो। कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका ६ जनालाई सुनसहित कारबाहीका लागि पूर्वक्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको थियो। राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दामा अनुसन्धान गरेर राजस्वले मिसिल जिल्ला अदालत सिरहा पठाएको थियो। कार्यालय प्रमुख वेद फुुयाँलले भने, ‘हामीले मुद्दा अनुसन्धान गरेर कारबाही आदेशका लागि जिल्ला अदालत सिरहामा मिसिल पठायौं। अदालतले शुक्रबार आदेश दिएको हो।’

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो।

वडाध्यक्ष मियाँसहित पक्राउ परेकामध्ये लहान–१९ का मोहम्मद कैयुम र मोहम्मद अमिरुल अघिल्लो दिन (पुस २७) मात्रै कतारबाट काठमाडौं आएका थिए। उनीहरूका साथबाट भेटिएको बिलमा हजरत अली, आस मोहम्मद, जागेश्वर मण्डल, हरिवंश मण्डल, मोहम्मद आसिफ, अमान्त हुसैन, समसुल मियाँसँगै पक्राउ पर्ने अमिरुल र कैयुमको पनि नाम छ।जसमध्ये आसिफ र समसुलको नाममा पाँच सय ८३÷पाँच सय ८३ ग्राम, अमान्तको नाममा दुई सय ९१ ग्राम र बाँकी व्यक्तिका नाममा ५०÷५० ग्राम सुन खरिद गरेको बिलमा उल्लेख छ।

अमिरुल र कैयुम जनवरी १० मा कतारबाट हिँडेको, ११ तारिखमा काठमाडौं आएको र १२ तारिखका दिन सिरहामा पक्राउ परेको देखिनछ। कैयुमसहित हजरत, आस, जागेश्वर, हरिवंश, आसिफ, समसुलले जनवरी १० तारिखमा कतारमा सुन किनेको बिलले प्रस्ट्याउँछ। सातजनाले एउटै मितिमा सुन किनेको देखिए पनि कैयुम र अमिरुल मात्रै नेपाल आएर पक्राउ परेका हुन्।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad