coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बैशाखमा केपीएल सिजन–२ हुने

सुर्खेत - दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) बैशाखमा सञ्चालन हुने भएको छ। आयोजक कर्णाली क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरेर समय र मिति घोषणा गरेको हो। प्रतियोगितामा तीन विभागीयसहित आठ वटा टीमको सहभागीता रहने अध्यक्ष जीवन शाहीले जानकारी दिए।

बैशाख १२ देखि २१ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने प्रतियोगिताका सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। लिगकम नकआउट फम्र्याटमा सञ्चालन हुने प्रतियोगिताको पुरस्कार राशी भने आयोजकले खुलाएको छैन। अध्यक्ष शाहीले पुरस्कार राशी पछि मात्रै सार्वजनिक गरिने र पहिलो सिजनको भन्दा उक्त रकम बढी हुने बताए। सहभागी टोलीले दुई जना विदेशी खेलाडीसमेत राख्न पाउने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App