coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अश्वमेध महायज्ञ वीरगन्जमा सुरु (फाेटाे फिचर)

तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ आइतवारबाट सुरु भएको छ। वैदिक कालदेखी अहिलेसम्म नेपालमा अश्वमेध आयोजनाको यो पहिलो अवसर भएको आयोजकले बताएका छन्। आइतवार सुरु भएर बुधवारसम्म अर्थात चार दिन चल्ने महायज्ञको एक समारोहबीच शुभारम्भ गरिएको छ।

आयोजकका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महायज्ञको उद्घाट हुने तय थियो। तर, खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि आइतबार बिहान राष्ट्रपति कार्यालयको सचिवालयले उनको आगमन स्थगनको जानकारी दिएको थियो। राष्ट्रपति आउन नसकेपछि उद्घाटन समारोहका सभाध्यक्ष तथा यज्ञ आयोजना मूल समितिका अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति भण्डारीको सन्देश पढेर सुनाएका थिए।

विश्वभर १ सय ८ अश्वमेध महायज्ञ गर्ने क्रममा अखिल विश्व गायत्री परिवारले नेपालको वीरगन्जमा आयोजन गरेको यो ४५ औं अश्वमेध महायज्ञ हो। अखिल विश्व गायत्री परिवारका संरक्षक डा. प्रणव पाण्ड्या र शैलवाला देवीले दिप प्रज्वलन गरी महायज्ञको समुद्घाटन गरे।

‘विज्ञानको आध्यात्मिक प्रयोग’ भन्ने विचारधाराका आध्यात्मिक गुरु मानिने डा. पाण्ड्याले नेपाल र भारत दुई सहोदर भाई स्वरुपको राष्ट्र भएको उल्लेख गर्दै नेपाल देशको बौद्धिक शक्ति, युवा शक्ति, नारी शक्ति र विज्ञान शक्तिको अभिवृद्धीको कामना गर्दै यस राष्ट्रको उन्नति र समृद्धि यस महायज्ञको मुल उद्देश्य हुने बताए।

उद्घाटन समारोहअघि बिहान वीरगन्जमा विशाल कलश यात्रा निकालिएको थियो। घण्टाघरबाट सुरु भएको कलश यात्रा माइस्थान, माहावीरस्थान, आदर्शनगर र पशुपति घोष चोक हुँदै यज्ञस्थल आदर्शनगरस्थित रंगशालामा पुगेको थियो। कलश यात्रामा ६ हजार १ सय कलशको योजना राखिए पनि दश हजार बढी महिला, किशोरी तथा बालिकाहरु कलशसहित सहभागी भएको आयोकज समितिका महासचिव छोटेलाल प्रसादले बताए।

महायज्ञमा सहभागी हुन नेपाल र भारतका २० हजार बढी व्यक्तिहरु वीरगन्जमा आइसकेका आयोजकले जनाएका छन्। महायज्ञमा २ सय ५१ यज्ञकुण्डमा हवन तथा पूजन गर्ने व्यवस्था गरिएको छ। प्रति हवनकुण्डमा ६ जनाको हिसाबले करिब १५ सय जनाले एक पटकमा हवन गर्ने छन्। हवन सोमवार बिहान ८ बजेदेखि प्रारम्भ हुने मुल आयोजक समितिका सहसंयोजक डा. राजु अधिकारीले बताए। आगन्तुकका लागि भोजन, आवास तथा औषधोउपचारको निःशुल्क व्यवस्था मिलाइएको उनले बताए। 

तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
तस्बिर : रितेश/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App