७ वैशाख २०८१ शुक्रबार
समाज

स्याउ किसानलाई फाइदै फाइदा

जुम्ला – तातोपानी गाउँपालिकाका दलबहादुर खड्का स्याउ किसान हुन्। उनी गत वर्षहरू भन्दा यो वर्ष निकै उत्साहित छन्। समयमै ठूलो हिमपात भएकोले स्याउ सप्रिनेमा उनी ढुक्क छन्। बगैचामा स्याउमा पालुवा पलाउने समयमा हिमपात भएपछि हामी खुसी भएका छौं।

उनले भने,“यो पटक स्याउका बिरुवामा रोग किरा लाग्ने छैन्,चिस्यानको अभावले बोट सुक्ने अवस्था आउने छैन्। उत्पादनमा वद्धि भई किसानले निकै लाभ लिन सक्ने छन्।” यो समयमा किसानले काटछाँट, मलखाद्य व्यवस्थापनमा जोड दिनुपर्ने उनी बताउँछन्। चन्दननाथ नगरपालिकाका अमर रावत पनि व्यवसायीक स्याउ किसान हुन्।

उनी वर्षेनी सयौँ स्याउका बिरुवा बेच्छन्। उनको आफ्नै नर्सरी छ। नर्सरीमा निरोगी बिरुवा उमारिन्छ। पटक पटक स्याउ प्राविधिक गएर हेर्छन्। उनले भने,“विगत वर्षमा स्याउको नर्सरीमा पानीको निकै अभाव हुन्थ्यो। अपेक्षा गरे बमोजिमको गुणस्तरिय बिरुवा उत्पादन गर्न सकिन्नथ्यो, तर अहिलेको वर्ष निकै गुणस्तरीय बिरुवा उत्पादन हुनेछन्। ठूला स्याउका बोटले राम्रै फल दिनेछन्।” पुस महिनादेखि जिल्लाका बगैचामा काँटछाँटको कार्यक्रम सुरु भइसक्थ्यो। तर, यो पटक पुसको अन्तिमबाट शुरु भएको छ। 

प्रधानमन्त्री आधुनिकिरण परियोजना सुपरजोन स्याउका निमित्त प्रमुख जोगेन्द्र कान्दुले यो पटक स्याउ किसानलाई फाईदै फाईदा भएको सुनाए। उनले भने,“यो पल्ट हावापानी, मौसमले पनि साथ दिएको छ। समयमै मलखाद्यको व्यवस्थापन गरिसकिएकोले प्रशस्त आम्दानी लिन सकिने अवस्था रहन्छ।” माघ ८ गतेदेखि हिमपात भइरहेको छ।

जमिनमा चिस्यानको अवस्था बढि नै छ। हिउँ पोखरीमा आवश्यक पर्ने पानी संकलन भइसकेको छ। उनले भने,“स्याउ किसानका लागि यो वर्ष निकै उपलब्धिपुर्ण रहनेमा दुईमत छैन्।” सुपरजोनले चन्दननाथ, तातोपानी गाउँपालिकाको सबै क्षेत्रलाई व्यवसायीक स्याउ खेतिका लागि उत्प्रेरित गरिरहेको छ। पातारासीका ४ वटा वडा, गुठिचौरका तीन वटा वडालाई स्याउमा व्यवसायिकरण बनाउने लक्ष्य बोकेको छ। उनले भने,“यो वर्ष सिचाईको अभाव नहुने देखिएको छ। किसानकोे स्याउ फारममै पुगेर व्यवस्थापनबारे सचेतना अभिवृद्धि गरिएको छ। सैद्धान्तिक र व्यवहारीक ज्ञान पनि बगैंचामै दिन सकिएकोले खासै समस्या आउने देखिदैन्।”

स्याउ सुपरजोन परियोजना जुम्लाका अनुसार जिल्लाका १५ क्लष्टरका २ सय २५ समुहलाई १० केजी चुना, ५ केजी निलथुतो, स्टीकर, ब्रस र पञ्जा प्रदान गरिएको छ। स्याउ खेतिका लागि अहिले निकै राम्रो लक्षण देखिएको निमित्त प्रमुख कान्दुले जानकारी दिए। उनले भने,“जुम्लाको यो पटक स्याउ खेति बढ्ने देखिएको छ। जिल्लाभर ३ हजार ६ हेक्टरमा स्याउ खेति भइरहेको छ।

नयाँ नयाँ जातको स्याउ लगाउने परिपाटी बसेकोले उत्पादनमा गिरावट आइरहेको बताउँदै यो वर्ष निकै अनुकूल देखिएको छ। जिल्लाभर ९ सय हेक्टरको स्याउले फल दिन्छ। स्याउ किसानका लागि जुम्लामा १० वटा जालिघरसँगै ५० प्रतिशत अनुदानमा उपकरण दिने गरिएको छ। स्याउ किसान यो वर्ष निकै खुसी देखिने गरेको उनले बताए। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App