८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि, छोरीले दिए दागबत्ति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा  पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

पशुपति आर्यघाटमा अधिकारीका तीन छोरी लिमा, लुना र लिजाले दागवत्ति दिए। अधिकारीको शनिबार राति उपचारको क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो। उनको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाए।

यस अघि अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुमबारहीमा राखिएको थियो। उनलाई नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७५ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App