coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुसलमान समुदायबाट दसैँको शुभकामना

नवलपरासी- यहाँको मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो । 

कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो । 

सो अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले समेत दसैँमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताए । रासस 

प्रकाशित: २३ आश्विन २०७३ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App