टेकु घाटमा आङछिरिङ शेर्पाको अन्त्यष्टि

आइतबार, १९ फागुन २०७५, १३ : २३ नागरिक

काठमाडौं- नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्तिम संस्कार गरीएको छ। आज धार्मिक परम्परा अनुसार टेकु घाटमा उनको अन्तिम संस्कार गरीएको हो।

बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा उनको  निधन भएको थियो।  नेपाली पर्यटन व्यवसायमा सामान्य कामदार भएर प्रवेश गरेका शेर्पा पर्यटन व्यवसायको शिखरमै पुग्न सफल भएका थिए। ४५ वर्षअघि सोलुखुम्बुको पाङ्गोमबाट काठमाडौं छिरेका शेर्पा सुरुमा भरिया मजदुर थिए। यो अवधिमा नेपालका उत्कृष्ट र प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा उभिन सफल भए।

दाजु लाक्पा सोनाम र भाउजू पासाङल्हामु शेर्पाले स्थापना गरेको थामसेर्कु ट्रेकिङ कम्पनीबाट पर्यटन व्यवसायमा लागेका शेर्पाको निधनले करिब एक दर्जन व्यवसायले संस्थापक गुमायो। सन् १९९८ मा दाजुभाइ मिलेर यति एयरलाइन्स सुरु गरे। यो अवधिमा उनको एयरलाइन्स मुलुकको उड्डयन क्षेत्रमा अग्रणी बन्यो।

अहिले शेर्पाको लगानीमा तारा, हिमालयन, डाइनेस्टी एयर, अल्टिच्युड एयर सञ्चालित छन्। होटल व्यवसायमा समेत उत्तिकै जमेका शर्पाले  गोकर्ण फरेस्ट रिसोर्ट, लुम्बिनी होक्के, कसरा जंगल एन्ड रिसोर्ट, यती माउन्टेन होमलगायत ‘चेन रिसोर्ट’मा उनको लगानी छ।

शेर्पाको परिवारमा २५ वर्षको अवधिमा तीन वटा ठूला घटना भए। भाउजू पासाङल्हामुको सगरमाथाको आरोहणपश्चात् फर्कने क्रममा हिमपहिरोमा परी २०५० वैशाख ११ गते निधन भएको थियो। शेर्पा परिवारमा बुधबार भएको दुर्घटना तेस्रो हो।

उनका कान्छा भाइ टेन्डीको २०५५ सालमा हेलिकप्टर दुर्घटनामै ज्यान गएको थियो। लाक्पा सोनाम, आङछिरिङ र टेन्डी तीन भाइमध्ये दुई जनाको हेलिकप्टर दुर्घटनामै ज्यान गयो। पासाङल्हामु सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन्। उनी नेपालको राष्ट्रिय विभूतिसमेत हुन्।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad