१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेवातालमा प्याराग्लाइडर दुर्घटना, पाइलटको मृत्यु

पोखरा – फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ। कास्की प्रहरीका डिएसपी रवीन्द्र गुरुङका अनुसार रोमानीयाका सोलो पाइलट इवी सिजर को मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सराङकोटबाट उडेका उनी ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेका थिए।

दुर्घटनामा परेका उनलाई तत्कालै उपचारको लागि अस्पताल लगिएको थियो। उनले ब्लु स्काइ प्याराग्लाइडिङबाट उडान गरेका थिए। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App