८ वैशाख २०८१ शनिबार
अर्थ

हेटौंडामा व्यापार मेला सुरु

मकवानपुर - प्रदेश ३ को राजधानी हेटौंडामा शनिबारदेखि ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पडाँडा चौरमा सुरु मेला मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो।

पाँच करोड रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको मेलाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरे। मेला उद्घाटन गरेपछि देशमा आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए। ‘सरकारसँग मात्र पर्याप्त पैसा र जनशक्ति छैन र परिचालन गर्न सकेको छैनौं,’ उनले भने, ‘प्रदेश सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौं, योजना बनाउँनुहोस्।’

मेलामा चार सय ४४ स्टल रहेको बताउँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवालले करिब एक करोड ३३ लाख रुपैयाँ खर्च हुने बताए। उनका अनुसार करिब पाँच लाखले मेला अवलोकन गर्ने बताइएको छ।उद्योगका उत्पादन, स्थानीय उत्पादन राखिएको मेलाको आकर्षणको रुपमा मौलिक संस्कृति झल्कने पञ्चेबाजा प्रतियोगिता, स्विस सरकारले राजा महेन्द्रलाई उपहार दिएको गाडी, घोडचडी, बोटिङ, ताजा माछा, बाल उद्यान, रोटेपिङ, चेपाङ घर, ५१ फिट अग्लो राष्ट्रिय झण्डालगायत छन्।

संघका उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका अनुसार मेलामा हरेक दिन विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा औषधि वितरण गरिनेछ। २०४२ मा मकवानपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष नारायणप्रसाद शर्माको नेतृत्वमा हेटौंडामा गरिएको औद्योगिक व्यापार मेलालाई नेपालकै पहिलो मेलाको रुपमा दाबी गरिएको छ। त्यसलगत्तै २०४३ र २०५३ देखि हरेक दुई वर्षको अन्तरमा संघले मेला आयोजना गर्दै आएको छ।

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App