coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा सचिवालयको निर्णयः रवीन्द्र र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा

फाइल तस्बिर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीले वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 

आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आज देशभर पार्टीकाे आधा झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार देशभरका पार्टी कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय समेत भएको छ।  

बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र भरतमोहनको संयुक्त श्रद्धाञ्जलि सभा गर्ने निर्णयसमेत गरेको छ। ‘केन्द्रमा फागुन २३ गते संयुक्त श्रद्धाञ्जलि सभा आयोजना गर्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App