काठमाडौं– मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ। शनिवार राती निधन भएका पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई दिइने सम्मान र श्रद्धाञ्जलिबारे निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठक १० बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठकले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ठाउँमा नयाँ मन्त्री ल्याउनेबारे पनि निर्णय लिनसक्ने सम्भावना रहेको बताइएको छ।
मन्त्रिपरिषद अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक जारी छ।
प्रकाशित: १९ फाल्गुन २०७५ ०३:०२ आइतबार