राजपाको महाधिवेशन फेरि सर्ने

आइतबार, १९ फागुन २०७५, ०७ : ०३ भुवन शर्मा

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन।

अध्यक्षमण्डलका सदस्यहरूले तोकेकै समयमा महाधिवेशन गर्ने दाबी गर्दै आए पनि वैशाख पाहिलो साता महाधिवेशन हुनेमा पार्टीका अधिकांश नेता तथा कार्यक्रकर्ता नै विश्वस्त छैनन्। राजपाले सदस्यता वितवरण अभियान फागुन मसान्तसम्म समय तोकेको छ। यसअघि फागुन १५ सम्म सदस्यता वितरण कार्यक्रम टुंग्याउने भनिएकोमा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले मंगलबार विज्ञप्ति निकाली फागुन मसान्तसम्म सदस्यता वितरणको समय थपेका छन्।

फागुनसम्म सदस्यता वितरण गरे महाधिवेशनको आन्तरिक तयारी गर्न राजपालाई एक महिना मात्र समय हुनेछ। एक महिनाभित्र राजपाको वडा, गाउँ÷नगर, क्षेत्रीय, जिल्ला तथा प्रदेश अधिवेशन हुने सम्भावना कम रहेको पार्टीका नेताहरू बताउँछन्। अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अहिलेसम्म तोकेको समयमा महाधिवेशन गर्ने प्रयास रहेको बताए। उनले भने, ‘अहिलेसम्म हाम्रो प्रयास तोकेको समयमा महाधिवेशन गर्ने नै हो। त्यसका लागि तयारी गर्दैछाैँ।’तर दोस्रो तहका अधिकांश नेता तोकेको समयमा महाधिवेशन हुनेमा विश्वस्त छैनन्। वरिष्ठ उपाध्यक्ष बिर्खेशचन्द्र लालले अहिलेसम्मको तयारी हेर्दा तोकेको समयमा महाधिवेशन हुने सम्भावना निकै कम रहेको प्रतिक्रिया दिए। उनले भने, ‘अहिलेसम्मको तयारी हेर्दा महाधिवेशनको तिथि केही सर्ने सम्भावना छ।’ महासचिव राजीव झाले पनि वैशाखको पहिलो साता महाधिवेशन हुने सम्भावना निकै कम देखिएको बताए। ‘यथार्थमा भन्नुपर्दा महाधिवेशनको तिथि केही समय पर्छ। एक महिनाभित्र आन्तरिक तयारी गर्न समय पग्दैन।’

‘अहिलेसम्मको तयारी हेर्दा महाधिवेशनको तिथि केही सर्ने सम्भवना छ। यथार्थमा भन्नुपर्दा महाधिवेशनको तिथि केही समय पर्छ। एक महिना भित्र आन्तरिक तयारी गर्न समय पग्दैन।’

सहमहामन्त्री डा.सुरेन्द्र झाले त अध्यक्षमण्डलको संयोजकमा महन्थ ठाकुर नल्याउँदासम्म महाधिवेशन हुन नसक्ने ठोकुवा गरे। ‘जुन दिन (मंसिर४)मा अवैधानिक किसिमबाट अध्यक्षमण्डलका संयोजक परिवर्तन गरी राजेन्द्र महतोलाई संयोजक बनाइयो त्यो दिनदेखि पार्टीभित्र समस्या आयो,’ झाले भने, ‘त्यसैले सो निर्णय सच्याएर ठाकुरलाई संयोजक नबनाएसम्म महाधिवेशन हुनै सक्दैन।’

अध्यक्षमण्डलका ६ सदस्यमध्ये महन्थ ठाकुरबाहेक ५ सदस्य बिहीबार नेपालगञ्ज गएका छन्। शुक्रबार उनीहरू नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी भई शनिबार भैरहवामा प्रदेशस्तरीय कार्यक्रममा सहभागी भएका छन्। २०७४ वैशाखामा राजपा गठन हुँदा अध्यक्षमण्डलका सदस्यहरूले एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरेका थिए। पार्टी दर्ता गर्न जाँदा निर्वाचन आयोगलाई पनि सोही प्रतिबद्धता दोह-याएका थिए। प्रतिबद्धताअनुसार महाधिवेशन गर्न गत साल असारमा आयोगले पार्टीलाई ताकेता गरेको थियो। त्यसपछि अध्यक्षमण्डलका सदस्यहरू पार्टीको विधान संशोधन गरी एक वर्षको ठाउँमा दुइ वर्षभित्र महाधिवेशन गर्ने जनाए। पार्टी गठन भएको २०७६ वैशाखमा दुइ वर्ष पुग्दैछ।

राजपाको विधानअनुसार विधान संशोधन गर्ने अधिकार अध्यक्षमण्डलका सदस्यहरूलाई छ। अब फेरि पनि महाधिवेशनको तिथि सार्ने हो भने विधान संशोधन गर्नुपर्ने हुन्छ। विधान संशोधन गर्न अध्यक्षमण्डलका सदस्यहरूलाई त्यती झन्झटिलो प्रक्रिया छैन। पार्टीका ६ अध्यक्ष एक ठाउँमा बसेर तत्काल विधान संशोधन गर्न सक्छन्।
 

सामूहिक कि एकल नेतृत्वमा भन्नेमा विवाद
महाधिवेशनपछि राजपा एकल नेतृत्वमा जाने कि सामूहकि नेतृत्वमा जाने भन्ने विषयमा सुरू भएको विवाद कायमै छ। अध्यक्षमण्डलका सदस्य महतोले भने महाधिवेशनपछि सामूहिक नेतृत्वमा जाने कि एकल नेतृत्वमा जाने भन्ने विषयमा महाधिवेशनले नै टुंग्याउने बताए। उनले भने, ‘अहिले म केही भन्न सक्दिैन। यो विषय महाधिवेशनले टुंग्याउँछ।’

अध्यक्षमण्डलका सदस्यहरूले आफ्ना कार्यकर्तालाई छल्न पार्टीको विधानसमेत दुईथरी बनाएका छन्। पार्टीको आधिकारिक विधान निर्वाचन आयोगमा बुझाएका छन् भने कार्यकर्ताहरूलाई बाँड्न छापिएको विधानमा आधिकारिक विधानका केही बुँदा हटाइएका छन्। कार्यकर्ताहरूको बाँड्न छापिएको विधानमा कायकर्ताहरूको चाहनालाई सम्बोधन गरिएको छ भने निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विधानमा अध्यक्षमण्डलका सदस्यहरूको चाहनालाई सम्बोधन गरिएको छ। निर्वाचन आयोगमा बुझाइएको विधानमा प्रष्टसँग महाधिवेशन पछि पनि अध्यक्षमण्डल रहनेछ भनी राखिएको छ। विधानको धारा ३१ को दफा १२ मा प्रष्टसँग भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदो महाधिवेशनपछि समेत रहनेछ।’ सो प्रावधानले महाधिवेशनपछि राजपामा अध्यक्षमण्डल रहने देखिएको छ।

तर कार्यकर्तालाई बाँड्न छापिएको विधनमा सो बुँदा हटाइएको छ। महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायम रहने छ भनी बुँदा हटाएर कार्यकर्ताहरूलाई विधान बाँडिएको छ। सो विधान अहिले कार्यकर्ताको हात हातमा पुगेको छ। अध्यक्षमण्डलले हालसम्म दुईपटक विधान संशोधन गरिसकेका छन्। पहिलोपटक पार्टी महाधिवेशनको तिथि सार्न विधान संशोधन गरेका थिए। दोस्रोपटक महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायम राख्न विधान संशोधन गरेका हुन्।

पार्टीका अधिकांश कार्यकर्ताको चाहना भने महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा चल्नुपर्छ भन्ने छ। गत असारको पहिलो हप्तामा बसेको राजपाको राजनीतिक समितिको बैठकले महाधिवेशनपछि राजपाको अध्यक्षमण्डल खारेज गने निर्णय गरेको थियो। पार्टीलाई एकल नेतृत्वमा लैजान पार्टीमा एकजना मात्र अध्यक्ष राख्ने निर्णय सो समितिले गरेको थियो। तर अध्यक्षमण्डलका सदस्यहरूले महाधिवेशनपछि पनि आफूहरू अध्यक्षमा कायम रहन विधानमै महाधिवेशन पछि पनि अध्यक्षमण्डल कायम रहने व्यवस्था विधानमा राखेका छन्। राजनीतिक समितिले भने अध्यक्षमण्डलले पार्टीलाई राम्रो हाँक्न नसकेको भन्दै पार्टीलाई एकल नेतृत्वमा लैजानु पर्ने निष्कर्ष निकालेको छ। पार्टीका एक महासचिव भन्छन्, ‘अध्यक्षमण्डलको चाहना महाधिवेशनपछि पनि अध्यक्षमण्डल राख्नु पर्ने रहे पनि कार्यकर्ताको ठूलो दबाब छ, सोही कारण उनीहरू महाधिवेशनपछि एकल नेतृत्वमा जानैपर्ने वाध्यता छ।’ पार्टीका कार्यकर्ताको यस्तो दबाबका कारण पनि आगामी वैशाखमा महाधिवेशन हुनेमा आशंका रहेको उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad