अस्ताए पुराना कम्युनिस्ट नेता

शनिबार, १८ फागुन २०७५, २२ : १६ पुरुषोत्तम पौडेल/मेनुका कार्की

काठमाडौं– पुराना कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको छ। १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो। गत पुस २३ गतेदेखि अस्वस्थ बनेका उनलाई ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका अधिकारीको थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। 

पिता रामचन्द्र र माता पूर्णकुमारीको कोखबाट विसं १९९३ मा जन्मिएका भरतमोहनको जन्मथलो महोत्तरी भ्रमरपूरा हो। महोत्तरीमा जन्मिए पनि अधिकारीको स्थायी ठेगना भने मोरङको विराटनगर–१० बन्यो। पछिल्लो समय उनी ललितपुर सानेपास्थित निजी निवासमै बस्दै आएका थिए। 

अर्थशास्त्रमा एमए अनि बीएल गरेका अधिकारी ओमकुमारीसँग वैवाहिक सम्बन्धमा बाधिएका थिए। उनका ३ सन्तान (छोरी) छन्। अधिकारीले १६ वर्षको उमेरमा अर्थात् २००८ सालमा भारतको बनारस रहँदा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यही उनको औपचारिक राजनीतिक यात्रा थियो। त्यसताका उनी बनारसकै डीएभी इन्टरकलेजमा अध्ययन गर्थे। पञ्चायतकालमा करिब ४ वर्ष भूमिगत जीवन बिताएका उनले तीन वर्ष निर्वासितसमेत भएका थिए। त्यति नै वर्ष उनले बन्दी जीवन पनि बिताए। 

पीचडी अध्ययनका लागि तत्कालीन सोभियत संघको लुबुम्बा विश्वविद्यालय मस्कोमा उनले छात्रवृत्ति पाएका थिए। तर, त्यसबेलाका राजा महेन्द्रले ०१७ सालमा नेपालमा संसदीय व्यवस्थामाथि लगाम लगाएपछि उनी पीचडी त्यागेर राजनीतिमा होमिए। 

अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्ता जनताकेन्द्रित कार्यक्रम ल्याएका थिए। अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्धभत्ता ल्याएका थिए, जुन जनस्तरमा निकै लोकप्रिय रह्यो। अधिकारीले सुरु गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्धवृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो।

तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता अधिकारी ०४७ सालमा जारी नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोगका सदस्यसमेत थिए उनी। यस्तै नेपालको संविधान २०७२ को संविधानसभाको मस्यौदा लेखन समितिमा रहेर काम गरेका थिए। ०५१ सालमा बनेको मनमोहन अधिकारीको नौमहिने अल्पमतको सरकारमा पहिलो पटक अर्थमन्त्री बनेका अधिकारीले त्यसबेला ल्याएका लोकप्रिय कार्यक्रम अझै जनतामाझ उत्तिकै लोकप्रिय छ। अर्थमन्त्रीका रूपमा ०५१ सालमा ज्येष्ठ नागरिक भत्ता कार्यक्रम ल्याएका थिए उनले। उक्त कार्यक्रमबाट आम जनतामाझ लोकप्रिय बनेका पूर्वउपप्रधानमन्त्री अधिकारी २४ दिनदेखि धुमबाराहीको ह्याम्प अस्पतालमा जीवनमरणको दोसाँधमा थिए। दुई पटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका अधिकारीले विसं ०६१ र ०६८ मा उपप्रधान तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए। उनले ०५६ सालमा पनि अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए। अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्ता जनताकेन्द्रित कार्यक्रम ल्याएका थिए। अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्धभत्ता ल्याएका थिए, जुन जनस्तरमा निकै लोकप्रिय रह्यो। अधिकारीले सुरु गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्धवृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो।

पहिलो पटक ०६१ सालमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका बेला उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरे। महिला सशक्तीकरणको विषय पनि उनकै पालामा मूर्त लिएको थियो। उनले नै महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए। ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान उनकै पालामा चलाइएको थियो। त्यसबेला अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक मानिएको थियो। जुन कार्यक्रमलाई अहिले पनि उत्तिकै महत्वका साथ हेरिन्छ। 

अधिकारीले अघि सारेको अर्काे महत्वपूर्ण कार्यक्रम थियो ‘नौ स’। यो कार्यक्रमबाटै देशमा लोककल्याणकारीदेखि पूर्वाधार निर्माणका कार्य अघि बढेको संविधानसभा सदस्य रत्ना गुरुङले बताइन्। ‘उहाँ जनवादी नेता हुनुहुन्थ्यो’, उनले भनिन्, ‘उहाँले नै सामाजिक सुरक्षा र विकास निर्माणको पहिलो खाका कोर्नुभएको हो।’ लोककल्याणकारी राज्य र समृद्ध नेपाल निर्माणमा उहाँको ध्यान केन्द्रित थियो। उनका अनुसार स्थानीय सडक, स्वच्छ पिउने पानी, सुलभ स्वाथ्य, सीपमूलक तालिम र रोजगारी, शिक्षा र साक्षरता, सामुदायिक वृक्षरोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकासका कार्यक्रम ‘नौ सु’अन्तर्गत समेटिएका थिए। 

देशैभरि कृषिको विकास गर्ने, आमजनताको आत्मबल बढाउनुका साथै विकास निर्माणका काम पनि सँगै लैजान ‘नौ स’ ल्याइएको पूर्वसभासद् गुरुङले बताइन्। ‘त्यतिबेला साना नानीहरूलाई स्कुल पठाउन राज्यले लगानी गर्ने, ज्येष्ठ नागरिकलाई भत्ता दिएर सम्मान गर्ने लोककल्याणकारी राज्य स्थापनाको पहिलो प्रयास थियो’, उनले भनिन्, ‘लोककल्याणकारी राज्यमा हरेक नागरिकलाई लोकतन्त्रको अनुभूति हुनुपर्छ भन्ने सरकारको मूल अभिप्राय थियो। पहिलो पटक अर्थमन्त्री हुँदा ०५२÷५३ सालको बजेट ल्याएका अधिकारीले स्वच्छ खानेपानी, शिक्षा र साक्षरता तथा स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम २० लाख बराबरका आयोजना कार्यान्वयन गर्ने लक्ष्य राखेका थिए।

सडक तथा साना सिँचाइ स्थानीय विकासका मुख्य आधारहरू भएकाले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तीमा १५ लाख बराबरका कार्यक्रम पनि उनकै पालामा आएको थियो। त्यतिबेला नै नेपालका पाखा पखेरामा डोजर पुगेका थिए। विकासको पहिलो पूर्वाधारको रूपमा मानिने सडक बाटो विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको छ। उनले नै देशमा भएका राजमार्गको नामकरण राजनेताका नामबाट राखिनुपर्ने सिस्टम बसालेका थिए। अहिले दर्जनौं राजमार्ग विशिष्ट नेताहरूको नाममा नामकरण भइसकेको छ। 

कालीगण्डकी जलविद्युत् परियोजना पनि भरतमोहनकै पालामा सुरु भएको हो। कम्युनिस्ट सरकारले लोककल्याणकारी राज्यको अनुभूति आमजनतालाई दिलाउनुपर्ने उनको धारणा थियो। शिक्षा र स्वास्थ्यमा राज्यको लगानी सोचका साथ सहिद गंगालाल अस्पताल स्थापना र काठमाडौं विश्वविद्यालयलाई जग्गा दिने कामसमेत उनले गराएका थिए। जमिन ओगटेर बस्ने प्रवृत्तिलाई कम्युनिस्ट सरकारले संरक्षण गर्न जग्गाको हदबन्दीको कुरा पनि उठेको थियो। तर, त्यो नीति भने कार्यान्वयनमा आउन सकेन। जमिन जोत्नको हुनुपर्छ भनेर उनकै पालामा केशव बडाल आयोग नै गठन भएको थियो। उनकै पालामा मुक्तकमैया र सुकुमबासीलाई जग्गा वितरणको कार्य भएको थियो। त्यसबेला ६० हजार सुकुमबासीलाई जग्गाधनी पुर्जा दिइएको थियो।  

अधिकारीले ०७१ साल असारमा काठमाडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट नेतृत्वदायी भूमिकामा नरहने घोषणा गरेका थिए। करिब साँढे ६ दशक नेपाली राजनीतिमा सक्रिय अधिकारी नेकपा एमालेका तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित भई प्रतिनिधिसभा सदस्य रहेका थिए भने ०७० सालमा ललितपुरबाट समानुपातिक प्रक्रियाबाट संविधानसभा सदस्य बनेका थिए।

लामो समयदेखि स्वासप्रश्वास र आमाशयसम्बन्धी रोगबाट ग्रसित अधिकारीको २०७३ सालमा थाइल्यान्डको बैंककमा सोही रोगको उपचार भएको थियो। गत वर्ष पनि अधिकारी अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भएको थियो। उक्त समयमा उनको आमाशयको शल्यक्रिया भएको थियो।

नेपालको औद्योगिकीकरणको समस्या, मेरो जीवन यात्रा भाग १ र २ लगायत उनका पुस्तक प्रकाशित छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad