८ वैशाख २०८१ शनिबार
समाज

शिवरात्रिकाे तयारी अन्तिम चरणमा (भिडियाे)

काठमाडाैं - हिन्दुहरुको महानचाड महाशिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष देशभित्र र वाहिर गरी करिब दश लाख दर्शनार्थीले मन्दिर दर्शन गर्ने अनुमान गरेको छ।

शिवरात्रिकाे दिन दर्शनका सहज बनाउन मन्दिरका तीनवटा ढाेकाहरु खाेलिने भएका छन्। विगतमा मन्दिर दर्शनका लागि ५ देखि ७ घण्टा लाइनमा बस्नु पर्ने बाध्यता भएपनि यस वर्ष २ देखि ३ घण्टामा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ।

दर्शन सहज बनाउन कोषले कैलाश हुँदै उत्तरी गेट, पश्चिमबाट बागेश्वरी हुँदै भुवनेश्वरी तथा दक्षिण गेटबाटै प्रवेश गर्न सकिने व्यवस्था मिलाएकाे छ। यस वर्ष शिवरात्रिका लागि देश भित्र र वाहिरका गरी करिब ७ हजार साधु तथा सन्तहरु आउने अनुमान काेषले गरेकाे छ। 

शिवरात्रीकै लागि भारतबाट महाकुम्भ मेला सकेर साधुहरु पशुपतिनाथ मन्दिर आउने  क्रमपनि जारी रहेकाे छ। कोषले साधु सन्तहरुलाई फागुन २२ गते सम्मानका साथ बाटो खर्च दिएर बिदा दिने समेत जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७५ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App