पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आउँदै

शनिबार, १८ फागुन २०७५, १९ : ०३ नागरिक

काठमाडौं– नेपालमा भएको पेट्रोलियम पदार्थ सम्भाव्यताको विषयमा अध्ययन गर्न एक चिनियाँ टोली नेपाल आउने भएको छ। चीन भ्रमणमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ भौगर्भिक सर्वेक्षणका अधिकारीबीच यो विषयमा सम्झौता भएको हो।

दुई देशका अधिकारीबीच बेइजिङमा बिहीबार यस विषयमा सम्झौता भएको खानी तथा भूगर्भ विभागले जनाएको छ। यस विषयमा दुई देशबीच तीन वर्षअघि प्रारम्भिक चरणको सहमति भए पनि त्यसले मूर्त रूप लिन भने सकेको थिएन। 
केपी ओली पहिलो पटक प्रधानमन्त्रीको हैसियतमा भएको चीन भ्रमणमा सम्भाव्यता अध्ययनको सहमति भएको थियो। सहमतिअनुरूप चिनियाँ वाणिज्य मन्त्रालयको एक टोलीले नेपालको दैलेख श्रीस्थानमा पेट्रोलियम पदार्थ सम्भाव्यता अध्ययन गरेको थियो।

अध्ययनका लागि तत्कालीन सरकारले नेपालको तराई र शिवालिक क्षेत्रलाई १० भागमा विभाजन गरेको थियो। नेपाल भ्रमणमा आएको चिनियाँ वाणिज्य मन्त्रालयको टोलीले नेपालगन्ज, चितवन, मुस्ताङ, मोरङ, चतरा, चुरे क्षेत्र र पाल्पामा पनि अध्ययन गरेको थियो।

सरकारले नेपालमा पेट्रोलियम पदार्थ रहेको बताएपछि सन् १९९० यता धरै विदेशी कम्पनीले नेपालमा रहेको पेट्रोलियम पदार्थ उत्खननमा इच्छा देखाएका थिए। केहीले काम थाले पनि प्रगति शून्य भएपछि सरकारले ती कम्पनीको इजाजतपत्र रद्द गरेको थियो।

आगामी एक महिनाभित्र चिनियाँ टोली नेपाल आउने बताएकाले यो पटक भएको सम्झौता कार्यान्वयन हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा चिनियाँ टोलीले पाल्पा, दैलेख, सुर्खेतलगायत ठाउँको भ्रमण गर्ने बताइएको छ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad