ताप्लेजुङ दुर्घटना

नाम मात्रैको भीआईपी सुरक्षा

शनिबार, १८ फागुन २०७५, १८ : २९ श्रीधर खनाल

काठमाडौं– भीआईपीको सुरक्षाका लागि खटिने अंगरक्षको अधिकारका विषयमा सोच्ने बेला भएको छ। अहिले नेपालका अंगरक्षक भीआईपीको पछाडि उभिने काममा मात्र सीमित छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको समेत मृत्यु भयो। अस्वस्थ बनेका अंगरक्षक घिमिरे मन्त्रीको भ्रमणमा सहभागी थिए। जानैपर्ने बाध्यताका कारण उनी मन्त्री अधिकारीसँगै हेलिकप्टरमा थिए।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल नेपालमा अंगरक्षकलाई ‘बडी गार्ड’भन्दा माथिल्लो तहको भूमिकामा नहेरिएको बताउँछन्। ‘भीआईपीलाई कसैले आक्रमण गर्न आयो भने उसले प्रतिवाद गर्न सक्छ’, पूर्वडीआईजी मल्लले भने, ‘नेपालमा त भीआईपीको माला, खादा अंगरक्षकले समालिदिनुपर्छ। भीआईपीलाई छाता ओढाउने कामसमेत उसैले गर्नुपर्छ।’

नेपालमा भीआईपीले अंगरक्षकलाई काममा लगाउने तरिका नै ठिक छैन। बडीगार्डका रूपमा मात्र लिइने भएकाले अंगरक्षकले भीआईपीको सुरक्षा विषयमा चासो राख्दैनन्। भीआईपीको सवारी योजना बनाउँदा पनि अंगरक्षकलाई त्यति वास्ता गरिँदैन। त्यसैले भीआईपीको अघिपछि लागेर जागिर खानुबाहेक अंगरक्षकसँग अर्को विकल्प छैन।

पर्यटनमन्त्री अधिकारीको अंगरक्षक नेपाली सेनाका जमदार घिमिरेले मौसमको विषयमा मात्र होइन मन्त्रीको भ्रमणको विषयमा पनि माथिल्लो तहमा जानकारी गराएका थिएनन्। मौसम खराब भएर हेलिकप्टर उडाउने/नउडाउने भन्ने विषयमा अन्योल भएको अवस्थामा जमदार घिमिरेले मैले माथिल्लो तहमा बुझ्छु भन्न सक्नुपथ्र्याे। वा मन्त्री अधिकारीले उनलाई मौसमको अवस्था कस्तो छ भनेर बुझ्न लगाउनुपथ्र्याे।

नेपाली सेनाका पूर्वप्रमुख गौरवशमशेर राणा नेपालमा अंगरक्षकको भूमिका नभएको बताउँछन्। ‘अहिले नेपाली सेनाले भीआईपी सुरक्षाको जिम्मा लिएको छ,’ उनले भने, ‘यो सेनाले जिम्मा लिने होइन, प्रहरीले पो हो। प्रहरीमा विशेष विभाग वा तालिमप्राप्त अधिकारीलाई अंगरक्षक खटाउन सकिन्छ। भीआईपीको सम्पूर्ण सुरक्षाको विषयमा जानेको मानिसलाई मात्र अंगरक्षक बनाइनुपर्ने विज्ञहरूको सुझाव छ।

भीआईपीको पछाडि लागेर मात्र हिँड्ने विषय अंगरक्षकको कामभित्र पर्दैन। अन्तर्राष्ट्रिय अभ्यासमा अंगरक्षकले भीआईपीको सुरक्षा योजना समेत बनाउँछ। भीआईपी सवार गर्ने ठाउँको जानकारी उसलाई राम्ररी हुनुपर्छ। त्यो ठाउँमा हुने सम्भावित सुरक्षा चुनौतीको विषयमा उसले सचेतता अपनाउन सक्नुपर्छ। यससँगै भीआईपीले पनि अंगरक्षकले ‘हुँदैन’ भनेपछि बीच बाटोमै रोकिने अभ्यास गर्नु आवश्यक छ।

मलाई किन रोकेको वा मलाई चाहेको ठाउँमा किन जान नदिएको जस्ता प्रश्न भीआईपीले गर्ने हैन। नेपालमा भने अंगरक्षकले अहिलेसम्म यो अधिकार प्रयोग गर्न पाएका छैनन्। पूर्वडीआईजी मल्लले अंगरक्षककको यो भूमिकाको विषयमा बहस गर्न नेपालमा ढिला भएको बताए।

‘अंगरक्षकले भीआईपीको कार्यक्रमसमेत रद्द गर्ने अधिकार राख्छ’, पूर्वडीआईजी मल्ल थप्छन्, ‘भीआईपीको अंगरक्षकका लागि त्यही किसिमका मानिस मात्र लिनुपर्छ। उनीहरूलाई जागिरभर अंगरक्षकको काम मात्र लगाउनुपर्छ। भीआईपीले मागेको मान्छे भन्दा काममा दक्ष मानिस मात्र पठाउने व्यवस्था गर्नुपर्छ।’

मन्त्री अधिकारीका अंगरक्षक सेनाका जमदार घिमिरेले यी सबै कामको संयोजन गर्ने कुरै भएन। उनलाई मन्त्रीको सम्पूर्ण सुरक्षा विषयमा पनि सायद जानकारी थियो। आफ्नो अधिकारको विषयमा उनी जानकार नभएको देखिन्छ। अर्कोतर्फ पाथीभरामा मौसम खराब भएर मन्त्री अधिकारी अलपत्र पर्दासमेत उनले माथिल्लो निकायमा सम्पर्क गर्ने जाँगरसमेत गरेनन्।

सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले मन्त्री अधिकारीको भ्रमणको विषयमा कुनै जानकारी नआएको बताए। भने, ‘मन्त्री अधिकारीले भ्रमणका लागि मागेको अवस्थामा सेनाले हेलिकप्टर उपलब्ध गराउँथ्यो।’ अंगरक्षकले निजी हेलिकप्टर चढ्नु हुँदैन भनेर अडान मात्र लिन सकेको भए पनि सेनाको हेलिकप्टर खोज्नुको विकल्प थिएन। अंगरक्षकले सायद मन्त्रीले निजी हेलिकप्टर चढ्नु हुँदैन भन्ने जानकारीसमेत पाएका थिएनन् होला?

अर्कोतर्फ मन्त्री अधिकारी चढेको हेलिकप्टर मौसमको कारण उड्न सकेन भन्ने खबर मात्र पाएको भए पनि सेनाले तत्कालै रेस्क्यू गर्न सक्थ्यो। सैनिक हेडक्वार्टरमा मात्र होइन पाथीभरा क्षेत्रको सेनाको कुनै कार्यालयमा मात्रै यस्तो खबर भएको भए पनि दुर्घटना टर्न सक्ने सम्भावना उत्तिकै देखिन्छ। यो एउटा पाठ हो। यस खालका अरू दुर्घटनाबाट बँच्न अंगरक्षकलाई अन्तर्राष्ट्रिय मान्यता अनुसारको अधिकारसम्पन्न बनाउनुको विकल्प देखिँदैन।

उड्नै हतार

हेलिकप्टर दुर्घटनापछि हवाई सुरक्षाको विषयमा फेरि बहस सुरु भएको छ। सँगै मन्त्री अधिकारी सवार हेलिकप्टर आधारभूत सुरक्षाको सुनिश्चितता नगरी किन उडाइयो भन्ने अर्को प्रश्न पनि उठेको छ।

मन्त्री अधिकारीको टोलीमा प्रधानमन्त्री कार्यालयका स्वकीयसचिव युवराज दाहाल थिए। उनी सरकारी कर्मचारी हुन्। सरकारी कर्मचारी भएकाले उनले सुरक्षाको विषयमा माथिल्लो तहमा कुरा गर्न सक्थे। आवश्यकताअनुसार प्रधानमन्त्री कार्यालयमा भएका अरू कर्मचारीसँग सम्पर्क गरेर स्थितिको अवगत गराउन सक्थे।

हेलिकप्टरमा सवार अर्का व्यक्ति थिए नागरिक उड्न प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ। उडानको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्राधिकरणसँग हुन्छ। यति हुँदा हुँदै पनि प्रतिकूल मौसमको विषयमा किन ख्याल गरेनन्? प्रतिकूल मौसममा उडान गर्नु हुँदैन भन्ने जानकारी सम्भवतः पाइलटभन्दा बढी प्राधिकरणका अधिकारीलाई हुने गर्छ।

पाइलटले उडान गर्नुअघि प्राधिकरणसँग अनुमति लिनुपर्छ। अवतरणको समयमा पनि यही प्रक्रिया अपनाइन्छ। पाइलटले बिनाअनुमति जहाज उडाउन थालेको विषयलाई प्राधिकरणका अधिकारीले किन आँखा चिम्ले? मौसमबारे जानकारी लिन सुकेटामा मात्र हैन। काठमाडौं विमानस्थलमा पनि उपमहानिर्देशक श्रेष्ठले सहज रूपमा सम्पर्क गर्न सक्थे। 

यी सबै तथ्यलाई एकै ठाउँमा राखेर विश्लेषण गर्दा हेलिकप्टरले सुरक्षाका आधारभूत विषयसमेत ख्याल नगरेको देखिन्छ। हतारमा उडेको जानकारी पाइलट प्रभाकर केसीले टावरलाई समेत जानकारी गराएका थिएनन्। पाइलट केसीलाई यति हतारमा हेलिकप्टर उडाउन बाध्य कसले बनायो? 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad