मेराे चरित्र हत्या गर्न खाेजियाे : नेता गाैतम

शनिबार, १८ फागुन २०७५, १५ : २९ नागरिक

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। दिवंगत मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार वन्ने आशा राखेको भन्दै आफूविरुद्ध कुप्रचार गर्न खोजिएको उनले आरोप लगाएका छन्। शनिबार एक विज्ञप्ती जारी गर्दै उनले आफू रवीन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरा पुगेको प्रसंगलाई जोडेर उम्मेदवार बन्ने आशा राखेको भन्ने आरोप लगाएर आफ्नो चरित्र हत्या गर्न खोजिएकोमा उनले आपत्ती जनाएका छन्।

उनले भनेका छन्,  'प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।'

नेता गाैतमले मृत्युकाे शाेकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएकाे र जीवनभर नदिने बताएका छन्। उनले पार्टीले निर्णय गरेपनि आफू रवीन्द्रकाे निर्वाचन क्षेत्रबाट नउठ्ने बताउँदै उक्त निर्वाचन क्षेत्रबाट रवीन्द्रकै परिवारका सदस्यलाई उम्मेदवार वनाउन लगाउने बताए।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad