coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले धुलो र हिलोबाहेक केही दिन सकेन : कांग्रेस नेता सिंह

पोखरा – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्। 

आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक क्षेत्रमा असफल भइसकेको दाबी गरे।‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे। 

सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले  मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री, सचिव कुरा मिलेको छैन,’ उनले भने। सरकारले धुलो र हिलोबाहेक केही दिन नसकेको आरोप उनले लगाए।

सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ। सांगठानिक र वैचारिक रुपबाट प्रस्ट भएर पार्टीलाई विधिसम्मत चलाउन उनले नेतृत्वलाई आग्रह गरे।

प्रकाशित: १८ फाल्गुन २०७५ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App