८ वैशाख २०८१ शनिबार
समाज

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

बझाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सुरेस।

जाजरकोट - देश छोडेर विदेशिने हजारौं युवा तथा देशमै धन भएर पनि आफ्नो जीवनको उज्वल भविश्य  खोज्न नसकेका लाखौं युवाहरूका  माझ उत्कृष्ट प्रेरणा बनेका छन् जाजरकोटका ३० वर्षीय सुरेस सुनार। ७७ जिल्लाका सिडिओ मध्ये सबैभन्दा कान्छा सिडीओको रुपमा चर्चा बटुलिरहेका बझाङका प्रमुख जिल्ला अधिकारी सुनार विकट जाजरकोटको विपन्न समुदायको मात्र होइन् नेपाली गरिब परिवारको एक सफल युवा बनेका छन्।

देशभरि रहेका १५ सय बढी उपसचिवहरू मध्ये सबैभन्दा कान्छा उपसचिव पनि हुन् सुरेस। २९ वर्षको  कलिलो उमेरमै उपसचिव बनेका सुरेस अहिले  प्रमुख जिल्ला अधिकारीको रुपमा केहि दिनदेखि वझाङ जिल्लामा आएर जिम्मेवारी सम्हालेका छन्।

जाजरकोटको भेरी नगरपालिका  वडा नम्वर ४ सालघारी स्थायी घर भएका सुरेसलाइ उनका बुवा केशव सुनार र आमा जयाँ सुनार दुवैले इन्जिनियर बनाउन चहान्थे। २०६० सालमा त्रिभुवन माध्यमिक विद्यालय खलंगा जाजरकोटवाट द्धितीय श्रेणीमा एसएलसी पास गरेका  सुरेशलाइ  जसरी पनि  इन्जिनियर बनाउने उनका वुवाको सपनालाइ उनीहरुको गरिबीले रोक्यो। महिनामा दुइ हजार पनि पढाइका लागि वेहोर्न हम्मे हम्मे पर्ने उनको परिवारको अवस्था नै  उनका बुवाको सपनाको मुख्य बाँधक थियो। आफनो सपना भन्दा छोरोले ठुलो प्रगति गरेको  देखेर सुरेसका बुवा अहिले दंग छन्। 

‘छोरालाइ इन्जिनियर बनाउँने  ठुलो सपना थियो तर आज  इन्जिनियर भन्दा ठुलो पद पाएर म सारै खुसी छु, छोराले मेरो सपना पुरा ग-यो सुरेसका बुवा केशव  खुसी हुदै  भने।  मेरो गरिवी  र दुखको पिडा आज मेरो छोरोले बुझ्यो सबैका छोराले यसैगरि बुवाआमाको दुख र पीडा बुझुन् बुवा केशवले भने। एकातिर बाबा आमाको गरिबी अर्काे तर्फ आफुले इन्जिनियर पढ्न कस्सिए बुवा आमा चरम ऋणमा डुब्ने डरले आफु जिल्ला छोडेर आइए पढ्न बाहिर जान नसकेको सुरेसले सुनाए।

जिल्लाकै  भेरी ज्ञानोदय क्याम्पसमा  अर्थशास्त्र विषय लिएर आइएको पढाइ सुरु गरेर बुवाआमाको सपना कसरी पुरा गर्ने भनेर सोचिरहन्थेँ उनले भने। हाजिरी जवाफ र  लोकसेवा आयोगतिर त्यति चासो  नदिने सुरेस साथीहरुको  संगतले  मन फेर्न वाँध्य भए।  आइए प्रथम वर्षको परीक्षा दिएर लोकसेवाको तयारी गर्न  भन्दै बाबाआमा संग भएको सुन वेचेर ७ हजार रुपैया वोकेर सुर्खेत गएका सुरेसले आइए दोस्रो वर्ष नियमित पढ्न पाएनन्। सुर्खेतमा रहँदा गरिवी टार्न केहि काम पाइन्छ कि भनेर खोजे तर  पाउन सकेनन्।

'सुर्खेतमा पढ्दा एक पटक एक सय साठी रुपैयाँले  बाह्र दिन  सम्म काम चलाएको सुरेसले  सम्झिए।  घरबाट बुवाले ऋण सापटी गरेर दुइ हजार पठाइदिनु हुन्थ्यो' उनले भने। सुर्खेत बस्दा गोजीमा भएको एक सय साठी रुपैयाँ पनि सकिएपछि  सापटी दिने पनि कोहि भएन उधारो  चामल दाल दिने पनि कोहि नभएपछि दुइ दिनको पैदल हिडेर छोरा घर पुगेको समय मेरो जीवनको निकै पिरो अनुभुति हो सुरेसले भने। मैले भोगेको पीडा गरिबी र संकटले  मलाइ सधैं समस्यासंग लड्न सिकायो  अनि आज यो स्थान सम्म पुगेँ सुरेसले भने। 

सुर्खेतमा लोकसेवाको तयारी गर्दा नियमित क्यम्पस नआएर पनि  २०६३ सालमा  भेरी ज्ञानोदय क्याम्पसवाट  उनले आइए पास गरे। २०६५ सालमा  नासु पदमा नाम निकालेका सुरेसले  आफु सुर्खेत वस्दा  लागेको  २ हजार क्रृण चार  वर्ष पछि तिरे भने अरु क्रृण तिर्न धेरै समय लाग्यो।  

सुरेस र उनका भाइ सुदिपलाइ पढाउनका लागि वुवा केशव सुनारले  साविकको खलंगा ६ रिसांग गाँरापानीमा रहेको खेतको जग्गा वेच्नु परयो। आफुले  सुब्बाको जागिर सुरु गरे देखि नै भाइ सुदिपलाइ  पढाउने काम गरेको  सुरेसको भनाइ छ।  सुरेसका भाइ सुदिप सुनार पनि  भेरी नगरपालिका जजारकोटको लेखा अधिकृत छन्। ‘मेरो दाइ मेरो र हाम्रो घरपरिवारको  उर्जा मात्र होइन विपन्न समुदायका हजारौं युवाहरुका प्रेरणाका श्रोत वन्नु भएको छ’ भाइ सुदिपले भने।   सुरुमा  २०६५ सालको चैत्र २ गते  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय रोल्पामा अस्थायी करार नासुको जागिर पाएका  सुरेसले २०६५कै कार्तिकमा लोकसेवा आयोगवाट  नायव सुव्वामा नाम निकालेर जाजकोटमा गाविस सचिवको रुपमा पुगे।

जागिरकै क्रममा  क्याम्पस पढ्दै गरेका सुरेसले  २०६८सालमा समाज शास्त्र विषयमा   स्नातक तहको पढाइ पुरा गरेर फेरि अधिकृतको तयारी सुरु गरे। २०६९ सालमा  लोकसेवा  आयोगवाट अधिकृत पास गरेर  सोही वर्षको असोज १७ गते  अधिकृत पदको नियुक्ती लिए।  अधिकृत भएको  दुइ  वर्ष पछि  जनप्रशासन र   समाजशास्त्रमा स्नातकोत्तर गरे।  अधिकृत भएको  ६ वर्ष पछि गत  असार २७ गते  २९ वर्षको कलिलो उमेरमै लोकसेवा आयोगले लिएको परीक्षामा उपसचिव  पास गरे। लोक सेवा आयोगले लिएको उपसचिवको परीक्षामा  खुल्ला, आन्तरिक र समावेसी सवै तर्फ लेखा, प्रशासन र राजस्व समुहमा  एकै पटक नाम निकालेका सुरेसले सुरुमा अन्तरवार्ता प्रशासन समुहको भएकोले त्यसैमा सुरुमै नाम निकाले। 'गरिवी,  भौगोलिक विकटता  र  आर्थिक अभावको पिरो अनुभव संगालेका सुरेस भविष्यमा आफनो लक्ष्य मुख्य सचिव वन्ने रहेको बताउँछन्।  जुन संघर्ष र चुनौतीहरुका बिचवाट म यहाँ सम्म आएँ यो मेरो  जीवनको जरुरी सत्य थियो,'उनले भने।  

‘सवै भन्दा कान्छो उमेरमा नेपाल सरकारको उपसचिव  भएको  कारणले मात्र नभइ आफनो जीवनको संघर्ष र कष्टपुर्ण  विगतले मलाइ  निजामति सेवाको उच्च तह सम्म पुग्न सहयोग पुग्छ,’सुरेसले थप्दै भने।  युवाहरुले समालेको निजामति सेवा जनताको  विश्वास माया भन्दा पर जान नहुने सुरेसले वताए। देश र जनताको मात्र होइन आउने पुस्ताको समेत भरोसा हामीमा  अडिएको  छ  त्यसैले  हामीले आफनो उर्जा समय र  अवसरलाइ वदनाम गर्ने तर्फ  कुनै हिसावले लाग्न हुँदैन उनले भने।

प्रकाशित: १८ फाल्गुन २०७५ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App