सरस्वती श्रेष्ठ ‘सरु’
एक दिन भ्यागुताले आफ्नो बिहे गर्ने निर्णय ग¥यो र केटी खोज्न हिँड्यो। भ्यागुतो सारै अल्छी थियो। आफूले केही काम गर्दैनथ्यो। खालि बहिनीलाई मात्र अह्राएर हैरान पाथ्र्यो। बहिनीले भन्थी–“दाइ, तिमी कति अल्छी हो के ? तिम्रो गृहकार्य पनि मैले गरिदिने ? भोलिपर्सि जाँचमा के गर्छौ नि ? त्यो बेला तिम्रो सट्टा मैले जाँच दिएर हुन्न क्यारे !”
“नकरा न जाँचमा पनि म उपाय लाउँछु के।” भ्यागुतो भन्ने गथ्र्यो। नभन्दै जाँच आयो। तर उसको बुद्धि आएन। अल्छी पनि भागेन। ऊ त सब विषयमा फेल भयो। बहिनी प्रथम भई। बाआमाले बहिनीलाई स्याबासी दिए। गुरुहरूले पनि स्याबासी दिए। तर भ्यागुतोलाई कसैले केही दिएनन्। वास्तै गरेनन् उसलाई। अनि पढ्न छोडेर बिहे गर्न कस्सियो।
उसले त्यो झाडी पन्छाउन थाल्यो। दिनभर लगाएर चौतारी सफा बनायो। वरपीपल खुसी भए र वरदान दिए , “तिम्रो मनोकामना पूरा होस्।”
वरपर छरछिमेक र इष्टमित्र साराले उसको बानी थाहा पाएका थिए। भ्यागुतो अल्छी छ भनेर कसैले छोरी दिएनन्। एक दिन निरास भई एकान्तमा गएर एउटा चौतारीमा बस्यो। चौतारीमा वरपीपलको बोट थियो। वरपीपलको बोटभरिका पातहरूले फरफराउँदै शीतल हावा दिन थाले। तर चौतारीमा वरपीपलको बोट वरिपरि असाध्य झाडी थियो। जसले गर्दा चौतारी बस्नलायक थिएन। सिस्नो पनि उम्रिएको थियो। चारैतिर काँडैकाँडा हाँसिरहेका थिए। भ्यागुताको मनमा कताकता जाँगर पलाउन थाल्यो। उसलाई लाग्यो– “यो वरपीपल कति मायालु। मलाई सबैले हेला गरेको बेला यसले निस्वार्थ भई माया दिइरहेछ। आफ्ना हातहरू हल्लाउँदै शीतल बनाइरहेछ। मैले पनि केही गर्नैपर्छ।”
अनि उसले त्यो झाडी पन्छाउन थाल्यो। दिनभर लगाएर चौतारी सफा बनायो। वरपीपल खुसी भए र वरदान दिए , “तिम्रो मनोकामना पूरा होस्।” एकछिनपछि त्यहाँ एउटी पोथी भ्यागुता आई र भ्यागुतालाई माला पहि-याइदिई। यसरी भ्यागुताको बिहे भयो। उसले आफ्नो बेहुली लिएर घरतिर फर्कियो। नेपथ्यमा गीत गुन्जिरह्यो ...न जन्ती छ न बाजा...।
प्रकाशित: १८ फाल्गुन २०७५ ०५:३७ शनिबार