coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भुइँचालोपछि तङ्ग्रिएको राइनासकोट

लमजुङको गुरुङ वस्ती राइनासकोटका ११ घरमा होमस्टे सुविधा छ। त्यहाँ एकै रात ६० जना बास बस्न सक्छन्। 

वैशाख १२ को भुकम्पले धेरैलाई रुवायो। हजारौंको ज्यान लियो। हजारौं घर ध्वस्त बनायो। राइनासकोट (१,६५० मिटर)का पनि सबै घर भत्कायो। तर, आज  राइनासकोट तंग्रिसकेको छ। त्यहाँ एकै नासका १४ वटा घर पुननिर्माण गरिएको छ। 

अमेरिकी नागरिक नतासाको सहयोगमा पुननिर्माण भएको। यसरी देवीका रुपमा गाउँलेलाई सघाउन आइपुगिन् उनी। भुइँचालोबाट तँग्रिएसँगै गाउँमा पर्यटनको बिउ रोपिएको छ।  

लमजुङको राइनास नगरपालिका–९ मा पर्ने गाउँको शिरानमा राइनासकोट (१,७७५ मिटर) छ। कोट द्रब्य शाहकालीन मानिन्छ। त्यहाँ काली र शिवका मन्दिर छन्। यसको पूर्वमा राहुृलकोट, पश्चिममा द्वारेगौंडा र दक्षिणमा मानेडाँडा छन्। 

गाउँ मुन्तिर भक्ति थापासँग जोडिएका सम्पदा छन्। इतिहास, प्रकृति र संस्कृतिबाट आम्दानी गर्न गाउँलेले ०७४ मंसिर २२ देखि होमस्टे सुरु गरेका छन्। त्यहाँका ११ घरमा ६० जना बास बस्न सक्छन्। ७५० रुपैयाँको होमस्टे प्याकेजमा वेलकम डिंक्स, डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ।  

गाउँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, लमजुङदेखि लाङटाङ हिमालसम्मको लामो लर्कन देखिन्छ। पाहुनाको चाहना अनुसार गाउँलेहरू घाटु, सोरठी र सेर्गा नाच देखाउँछन्।

ग्रामीण जीवनशैली बुझ्न राइनास उपयुक्त छ जहाँ खेतीपाती गरेको, ढिकी–जाँतो चलाएको, दुध दुहेको, मोही मोथेको आदि दृश्य देखिन्छ। गाउँलेहरू आत्मीय छन्। 

कसरी पुग्ने : काठमाडौं–डुम्रे १३३ किमि। डुम्रे–पाउँदी २२ किमि। पाउँदीबाट उत्तरपूर्व १४ किमिमा राइनासकोट। बेशिसहर र डुम्रेबाट पाउँदी हुँदै राइनासकोट भएर प्यारजुङसम्म बस चल्छन्। पाउँदीबाट मध्यान्ह १२ः३० बजे, दिउसो २ बजे र ५ बजे ती बस छुट्छन्। पाउँदी–राइनासकोट बसमा १.५ घन्टा। 

ऐतिहासिक गौरब  

खड्ग गुरुङ

अध्यक्ष, होमस्टे व्यवस्थापन समिति 

ऐतिहासिक कोट, हिमाली सौन्दर्य, गुरुङ संस्कृति, अर्गानिक खाना र आत्मीय वातारण पाइन्छ हाम्रो गाउँमा। गाउँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, डा. हर्क पिक, हिमजुली, लमजुङ, बौद्ध हिमालदेखि लाङटाङ सृङखलासम्म देखिन्छ। सूर्योदय र सूर्यास्तका बेला हिमाल झनै राम्रा देखिन्छन्।  

सम्पर्क  : ९८५६०४५१७७

प्रकाशित: १८ फाल्गुन २०७५ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App