अग्रगतिमा हिँड्न एकता जरुरी : पूर्वराष्ट्रपति

शनिबार, १८ फागुन २०७५, ०८ : ३५ नागरिक

धादिङ - पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। सदरमुकाम धादिङबेंसीमा शुक्रबार धादिङ पर्यटन तथा औद्योगिक मेला उद्घाटन कार्यक्रममा यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए। लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा उनको जोड थियो।

धेरै उतारचढाव भए पनि देशमा इतिहासकै राम्रो संविधान आएको उनले बताए। ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, जनताका प्रतिनिधिहरु हरेक निकायमा छन्’, यादवले भने, ‘संविधानमार्फत देशलाई अघि बढाउने जिम्मा सबैको हो।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।देशमा देखिएका समस्या संविधानमार्फत समाधान गर्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनको बाटो अघि बढेकाले जनअपेक्षा पूरा हुनेमा आफू आशावादी रहेको बताए। पदमा रहदा होस् या नरहँदा आफूले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउन प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए।

जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन तीनै तहका सरकार सक्रिय हुनुपर्नेमा उनले जोड दिए। व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने उनको भनाइ थियो। गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति यादवले नेपाली जनता अहिले सार्वभौम र देशको मालिक भएको उल्लेख गर्र्दै सबैले संविधानको सम्मान र रक्षा गर्र्नुपर्ने बताए। ‘जनताका जनप्रतिनिधि तीन तहमा आएका छन्’, यादवले भने, ‘अब संविधान आत्मसात गरी देशलाई समृद्धिको बाटोतर्फ लम्क्याउनुपर्छ।’ देशको एकतालाई कसरी कायम राख्ने र समाजिक सद्भाव कसरी जोड्ने भन्ने विषयमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए। धादिङमा कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले यसतर्फ लाग्न उनले सबैलाई आग्रह गरे।

‘विदेशी लगानीलाई प्रोत्साहन गरौं’
धादिङ, फागुन १७ (नागरिक)– सभामुख कृष्णबहादुर महराले विदेशी लगानी भिœयाउन सके देशको आर्थिक विकास हुने बताएका छन्। बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा शुक्रबार ह्वासिन सिमेन्ट उद्योगको शिलान्यास गर्दै सभामुख महराले उक्त कुरा बताएका हुन्। उनले मुलुकमा भएको स्रोतसाधनलाई सही तरिकाले प्रयोग गर्नसके मुलुकमा सिमेन्ट उद्योगको भविष्य उज्यालो रहेको पनि बताए।

उनले मुलुक प्रशस्त स्रोतसाधन भएर पनि उद्योगको विकासमा फड्को मार्न नसएिको उल्लेख गर्दै उनले भने, ‘नेपालमा भएका स्रोतसाधनको उपयोग गर्न विदेशी लगानी आवश्यक रहेको छ। विदेशी लगानीसँगै नेपाली श्रम र सीप उपयोग गर्न सके आर्थिक समृद्धि सम्भव छ।’ छिमेकी देशले दिएको सहयोग सदुपयोग गर्न नसके देशका लागि दुभाग्य हुने पनि उनले बताए। उनले उद्योग प्रवद्र्धन र संरक्षणमा ध्यान दिनुपर्ने बताए। ‘उद्योग सुरु हुने कुरा महत्वपूर्ण हो’, महराले भने।

नेपालमा सिमेन्ट उद्योगको सम्भावना रहेको बताउँदै उनले सरकारले तयार पारेको मापदण्डअनुसार चल्नुपर्ने बताए। सिमेन्ट उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ स्थानीय सामग्रीको प्रयोग गरेर आफैं उत्पादन गर्नुपर्नेमा उनले जोड दिए। सरकारको सुरु गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सफल पार्न उनले सबैलाई आग्रह गरे। यो अभियान यात्रा कठिन भए पनि सबै नेपालीका लागि अति जरुरी रहेको उनको भनाइ थियो।

नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनसँग भएका द्विपक्षीय सम्झौता अनुसार नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सहमति भएको थियो। सिमेन्ट उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ३ सय र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad