coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘रातो बङ्गलाको कर बाँकी छैन’

काठमाडौं - ललितपुरको रातो बङ्गला स्कुलले ललितपुर महानगरलाई नियमित कर तिर्दै आएको व्यहोरा पत्रमार्फत स्पष्ट पारेको छ। शुक्रबार ललितपुर महानगरपालिकाको राजस्व महाशाखाले दिएको जानकारीका आधारमा ‘रातो बङ्गला स्कुलले ५० लाख बक्यौता नतिरेको समाचार नागरिक दैनिक (काष्ठमण्डप) मा छापिएको थियो। ठूला करदाता करको दायरामा नआएको भन्दै उक्त तथ्यांक सोमबार राजस्व महाशाखाले नागरिकलाई दिइएको थियो।

तर उक्त तथ्यांक गलत भएको र माघ २३ गते ४८ लाख १८ हजार २ सय १८ कर तिरिसकेको रातो बङ्गला स्कुलले जनाएको छ। ‘स्कुलले हरेक वर्ष समयमा नै कर फस्र्योट गर्दै आएको जानकारी गराउँछु,’ पत्रमा स्कुलकी निर्देशक शान्ता दीक्षितले भनेकी छन्।

महानगरका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले नयाँ तथ्यांकमा आफू अद्यावधिक नभएकाले गलत तथ्यांक छापिएको नागरिकलाई बताए। ‘एक महिनाअघि मात्रै स्कुलले कर तिरेको थियो, सूचना दिँदा मेरो भूलचुक भयो, यसलाई सच्याउँछु,’ उनले भने।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App