coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महाकालीमा जीप खस्यो, नाबालकसहित ११ जनाको मृत्यु

दार्चुला- जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए।

गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको जीपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ। प्रहरीले घटनास्थलमा ७ जना महिलाको शव फेला पारेको छ भने ३ जना पुरुष तथा १ जना नाबालकको शव फेला पारेको उनले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक दिपक धामीको जिल्ला अस्पतालमा उपचार भैइरहेको उनले बताए। दुर्घटना के कति कारणले भएको खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App