७ वैशाख २०८१ शुक्रबार
भिडियो

नेपालको कृषि क्षेत्रमा परनिर्भरता घट्न सकेको छैन - साना किसान सम्मेलन

भिडियो रिपोर्ट: बिश्वास खनाल 

काठमाडौं,

दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो  । साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ । ६९ जिल्लाका साना सहकारीका प्रतिनिधिसहित करिब १२ सय जना सहभागिता रहेको सो सम्मेलनले गरीब निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गुर्न पर्नेमा समेत जोड दिएको थियो । २०३२ साल देखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब नौ सय साना किसान कृषि सहकारी संस्थाको स्थापना गरी आठ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सन् २०२५ सम्म व्याप्त गरीबी न्यूनीकरणका लागि सुनिश्चिततासहितको लक्ष्य प्रस्ताव गरेको थियो । तर नेपालको कृषि क्षेत्रमा परनिर्भरता भने घट्न सकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार नेपालले चामलमात्र प्रतिमहीना दुई अर्बको आयात गर्दै आएको छ । अण्डा र कुखुराको मासुबाहेक नेपालमा तरकारी, चामल, फलफूल तथा माछा मासुको आयातमा वृद्धि छ ।

कृषि क्षेत्रलाई आत्मनिर्भरका साथै आधुनिकिरण गर्ने बहस भएपनि कृषकहरुको समस्या भने ज्यूका त्यू छ । समयमै मलका साथै विउविजन नपाउने र उत्पात्दन कृषि सामाग्रीहरुले समेत उचित वजार मुल्य नपाउने समस्या कृषकहरुले ब्यहोदै आएका छन् । 

कृषिको सशक्तीकरण र किसानको नेतृत्वदायी भूमिका हुनुपर्ने आवश्यकताबारे पटक पटक सम्मेलन र गोष्टी हुने गरेका भएपनि ब्यहारमा कृषक समक्ष भने पुग्न सकेको छैन । 

प्रकाशित: १७ फाल्गुन २०७५ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App