७ वैशाख २०८१ शुक्रबार
खेल

खसी तान्दै फर्किए खेलाडी

पुरस्कार स्वरुप खसी थाप्दै च्यास्मीटार–४ दाल्फुका टिम क्याप्टेन डाकधन राई

खोटाङ–भलिबल प्रतियोगीताका बिजेता टिमले के–के पुरस्कार पाउलान्? सहज उत्तर आउँछ, ‘नगद, मेडल, ट्रफी’ । तर, बडादसैंको अवसरमा खोटाङको च्यास्मिटारमा आयोजना गरिएको वडास्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगीताका बिजेता टिमले भने खसी र कुखुरा पाएका छन्।

च्यास्मिटार माबिको प्रांगणमा शनिबार आयोजना गरिएको भलिबल खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमले १० हजार बराबरको खसी, दोश्रो हुने टिमले ७ हजार बराबरको खसी तथा तेश्रो हुने टिमले भाले र पोथी प्राप्त गरेका छन्।

खेल सकिएपछि प्रथम र दोश्रो हुने टिम खसी तान्दै फर्किए भने तेश्रो हुने टिम भाले र पोथी काखी च्यापेर फर्किएका छन् । प्रतियोगीतामा च्यास्मिटार–५ टारगाउँले प्रथम, च्यास्मिटार–४ दाल्फु दोश्रो र च्यास्मिटार–६ पिपलटारले तेश्रो स्थान प्राप्त गरेको आयोजक समितिका संयोजक रुपेन्द्रकुमार राईले बताए। नगद तथा मेडलको सट्टा खसी र कुखुराको पुरस्कार बाँड्दा दर्शक तथा खेलाडीले रमाइलो मानेका थिए।

गाविसबाट बिनियोजित ५० हजारको खर्चमा युवा तथा खेलकुद समिति च्यास्मिटारको आयोजनामा खेल आयोजना गरिएको हो। दशैंका बेलामा आवश्यक पर्ने मासुलई मध्यनजर गर्दै प्रतियोगीताका बिजेतालाई खसी र कुखुराको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा गाबिसका १० टिमले प्रतिष्पर्धा गरेका थिए।
बिजेता टिमलाई प्रमुख अतिथिकारुपमा नेकपा माओबादी केन्द्रका नेता जीवन राई, बिशेष अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका नेता तुलसी तिलुङ खम्बू, कांग्रेस नेता देबेन्द्र राईले प्रमाणपत्रका साथमा पुरस्कार प्रदान गरे ।

 

प्रकाशित: २३ आश्विन २०७३ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App