coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय सीमामा

तस्बिर : एएनआई

नयाँ दिल्ली- पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन्। 

इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए।

पाइलट अभिनन्दनले उडाएको भारतीय वायुसेनाको एक लडाकू विमान पाकिस्तान नियन्त्रित काश्मिरमा दुर्घटनाग्रस्त भएको थियो। तर प्यारासुटको मद्दतबाट अभिनन्दन सुरक्षित रुपमा पाकिस्तानी भूमिमा ओर्लिएका थिए। उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो। 

अभिनन्दनको स्वागतका लागि वागामा भेला भएका भारतीयहरुले बिहानैदेखि राष्ट्रभक्तिका गीत सहित नाचगान गर्नुका साथै भारतको झण्डा फहराइरहेका छन्। अभिनन्दनको स्वागतका लागि उनका बाबुआमा पनि वागामा पुग्दैछन्। एएफपी

प्रकाशित: १७ फाल्गुन २०७५ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App