७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात (फोटो फिचर)

डोल्पा – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात भएको छ। सदरमुकाम दुने र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा समेत ४ फुट हिउँ जमेको छ। भारी हिमपात भएपछि डोल्पाको जनजीवन कस्टकर बनेको हो।

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण उत्तरी तिब्बत नाकासँग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ, शेफोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरूमा भारी मिहपात भएको छ। ती बस्तीहरूमा ५ देखि ६ फुटसम्म हिउँ जमेको छ।

यसैगरी मध्यडोल्पाका ठूलीभेरी नगरपालिकाको माझफाल, जुफाल, दुनेका तिप्ला थाला रहलगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ, रंग, पहाडा, लिकु चुँउ, दापु र तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका बस्तीहरूमा ३ देखि ४ फुटसम्म हिउँ जमेको छ।

हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्।डोल्पाका गाउँबस्ती र हिमशिखरहरू समेत फागुनको दोस्रो साता परेको भारी हिमपातले बर्खोभित्र लुकेकी बेहुलीझैं भएको छ। स्याउ र नासपाती लगाउने समयमा परेको हिमपातपछि फलफूल तथा जौ गहुँलगायत आलु सप्रने भएकाले किसान उत्साहित भएका छन्।

६ फोटोमा हेर्नुस् हिउँले ढाकेको डोल्पा बस्ती :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App