८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदो

फाइल तस्बिर

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।  गत माघ २४ गतेदेखि  धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था अझ बिग्रिएको उनी निकट महेश विष्टले जानकारी दिए।

उनका अनुसार अधिकारीको १५ दिनदेखि ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
उनको स्वास्थ्य अवस्था अझ बिग्रँदो अवस्थामा रहेको बताइएको छ। ‘केही सुधार आए पनि अहिले उहाँको उनको अवस्था अझ गम्भीर छ’, विष्टले भने, ‘बिहीबारदेखि अवस्था अझ बिग्रिएको छ।’ 

औषधिले पनि काम नगरेको विष्टले बताए। अधिकारीलाई गत पुस २३ गते ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। ‘त्यतिबेला निमोनीया बिग्रिएको थियो। डाक्टरका अनुसार उहाँलाई करेन्ट निमुनीया (कुनै पनि औषधिले काम नगर्ने) लागेको हो। 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App