७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी साधन दुर्घटनामा ६५ घाइते

हेटौँडा-दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ । अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताए। रासस

प्रकाशित: २३ आश्विन २०७३ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App