८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बस्दैछ। मन्त्री तथा आफ्नो पार्टीको सांसद रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। 

केहीबेरपछि बस्ने बैठकमा ताप्लेजुङमा भएको हेलिकप्ट दुर्घटनामा मृत्यु भएकाप्रति शोक प्रस्ताव पारित गर्ने उनले बताए। 

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७५ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App