coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जनप्रतिनिधिले उठाउन सकेनन् तीन अर्ब बक्यौता

ललितपुर महानगरले कडाइ र अनुगमन नगर्दा ठूला कर दाताहरूले अर्बौंको कर छली गर्दै आएका छन्। जनप्रतिनिधि आएपछि पनि महानगरको बक्यौता झन्–झन् चुलिँदै गएको छ। 

महानगरपालिकाका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले तीन अर्बभन्दा बढी राजस्व उठ्न नसकेको जानकारी दिए। उनले ठूला कर दाताहरूले आफ्नो विवरण समेत महानगरमा पेश गर्न आनाकानी गर्दै आएको बताए। ‘हामीले फाट्टफुट्ट अनुगमन त गर्दै आएका छौं। तर, कर्मचारी मात्रै जागिर हुन्न, यसमा जनप्रतिनिधिले पनि उत्तिकै साथ दिन आवश्यक छ,’ उनले भने, ‘सबैभन्दा सकस त ठूला कर दाताबाट कर संकलन गर्नमा छ।’ उनका अनुसार अर्बौको बिजनेस गर्ने ठूला करदाताले कर नतिर्दा त्यसको मर्का महानगरलाई परेको छ। ठूला करदातालाई कैयौंपल्ट कर तिर्न आग्रह गर्दा पनि धेरैजसो ठूला करदाता करको दायरामा आउन अटेरी गरेको शाक्यले जानकारी दिए। ‘करप्रति साना करदाता सजग छन्। तर, ठूला करदाता बढी आनाकानी गरिरहेका छन्,’ उनले भने। बाँकी बक्यौता नतिरेकालाई पनि जरिवाना पनि लिने महानगरले जनाएको छ। 

यसअघि महानगरपालिकाले बारम्बार कर बुझाउन ताकेता गरे पनि सरकारी र निजी संस्थाले कर तिर्न अटेर गर्दै आइरहेका छन्। स्थानीय स्वायत्त शासन नियमावलीअनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरे कर तिर्नुपर्ने कानुनी व्यवस्था छ। 

यसअघि महानगरपालिकाले बारम्बार कर बुझाउन ताकेता गरे पनि सरकारी र निजी संस्थाले कर तिर्न अटेर गर्दै आइरहेका छन्। स्थानीय स्वायत्त शासन नियमावली अनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरे कर तिर्नुपर्ने कानुनी व्यवस्था छ।

यसरी सम्पत्ति र घर बहाल कर नतिर्नेमा, लबिम मल, कर्मचारी सञ्चय कोष, बाल संगठन अभिप्ररण कम्पनी, पाटन अस्पताल, राष्ट्रिय सहकारी विकास बोर्ड, लिटिल एन्जेल्स स्कुल, जेम्स स्कुल, सेल्सबेरी, गुण सिनेमा हल, होटल हिमालयन, नारायणी होटल, आदर्श विद्या मन्दिर, किष्ट अस्पताल, गणेशमान सिंह अस्पताल, सुमेरु अस्पताल, सनराइज टावर्स, लाइफ स्टाइल अर्पाटमेन्ट, डाउनटाउन अपार्टमेन्ट, सिभिल होम्स, होटल ग्रिनबिच, होटल समिट, हिमालय होटल, बालसंगठन, मेडिसिटी अस्पताल नख्खु र पाटन उमावि, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलगायत छन्।

मेयरले कर नर्तिनेलाई कस्न सकेनन् 
मेयर चिरीबाबु महर्जनले कडाई गर्न नसक्दा महानगरभित्र सञ्चालित कैयौं व्यवसायिक कम्प्लेक्स र निजी भवनले कर तिर्न मानेका छैनन्। महानगरभित्र कर नर्तिने धेरै छन्। महानगरपालिकामा लगभग १ लाख घरधुरी छन्। तीमध्ये १०÷१२ हजार घरले मात्र कर तिरेको महानगरमा रेकर्ड छ। महानगरवासीले कर नतिर्दा महानगरले आन्तरिक आम्दानी बढाउन सकेको छैन। यी निकाय करको दायरामा आउने हो भने लक्ष्यभन्दा बढी कर संकलन हुने महानगरले जनाएको छ। मेयर चिरिबाबु महर्जनले ठूला करदातालाई करको दायरामा ल्याउन महानगरले बारम्बार आग्रह पनि गरेको बताए। उनले भने, ‘करको दायरामा नआउनेलाई हामीले कुनै मापदण्ड नै बनाएर कारबाही गर्छौं।’ महानगरले अब कर संकलन प्रभावकारी बनाउन ठूला र साना करदाताको बेग्लाबेग्लै विवरण बनाएको उनको भनाइ छ। 

कर उठाउन टोली गठन
ललितपुर महानगरपालिकाले वडा–वडाबाट कर उठाउने अभियान थालेको छ। सम्पत्ति, व्यावसायिक र घर बहाल कर नतिर्ने ठूला करदातालाई अब वडाले नै ताकेता गर्नेछन्। त्यसको निम्ति महागरभित्रका हरेक वडाले ५/५ जनाका अनुगमन टोली गठन गरिसकेका छन्।

टोलीले करको अनुगमन समेत गर्ने महानगरले जनाएको छ। महानगरकाले चार अर्ब रूपैयाँभन्दा बढी कर उठाउन सकेको छैन। कर नबुझाउनेमा ठूला मल, बिजनेस कम्प्लेक्स र हाउजिङ बढी छन्। महाशाखा प्रमुख शाक्यले गत साउनयता महानगरले बढी अनुगमन गरेकाले ७२ करोड राजस्व संकलन भएको जानकारी दिए। महानगरपालिका–२१ वडाका वडाअध्यक्ष रवीन्द्र महर्जनले ठूला र साना करदातालाई करको दायरामा ल्याउन वडा सक्रिय भएको बताए। ‘हामी लामो समयदेखि उठ्न नसकेको कर यो वर्ष उठाएर छाड्छौं,’ उनले भने, ‘गत वर्ष अनुगमन गरेकाले नै कर संकलन भएको थियो, यो वर्ष पनि यसैलाई नै प्राथमिकता दिन्छौं।’ 

कसले कति कर तिरेनन् ?

संख्या कर नतिर्ने भवन÷कार्यालय तिर्न बाँकी
१. लबिम महल ३ करोड
२. सञ्चय कोष भवन २० करोड
३. भाटभटेनी सुपरमार्कट १ करोड
४. सेलबेज सुपरमार्केट १० लाख
५. सेल्सबेरी १ करोड ५० लाख
६. के–के मार्ट २० लाख
७. लिटिल एन्जल स्कुल ५ करोड
८. युनाइटेड एकेडेमी १० लाख
९. प्रसादी एकेडेमी १० लाख
१०. रातो बगंला स्कुल ५० लाख
११. डिएभी स्कुल २ करोड
१२. जेम्स स्कुल ५० लाख
१३. ब्रिटिस स्कुल ५० लाख
१४. चौधरी गुप्र ४ करोड
१५. बाल संगठन १ करोड
१६. सहकारी विकास बोर्ड १ करोड ५० लाख
१७.नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर १ करोड
१८. गुण कोलनी ४ करोड

 

 

 

 

 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App