coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘क्याप्टेन’ र ‘दी ब्रेकअप’

काठमाडौं – शुक्रबारबाट हलमा स्पोटर्स् जनराको फिल्म ‘क्याप्टेन’ र प्रेमकथाको फिल्म ‘दी ब्रेकअप’ रिलिज हुँदैछ। नायक अनमोल केसीको प्रतिक्षित फिल्मका रूपमा रहेको फिल्म ‘क्याप्टेन’मा अनमोललाई एक फुटबलरको भुमिकामा देखाइएको छ। दिवाकर भट्टराईले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरीलगायतका कलाकारको अभिनय छ।

फिल्ममा अनमोललाई दर्शकले जिल्लास्तरीय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन बन्दाको संघर्षलाई हेर्न पाउनेछन्। कलाकार तथा भुवन केसीले निर्माण गरेको फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा, सुदीप बरालको छायांकन, चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ। त्यस्तै हेमराज बिसीको निर्देशन रहेको फिल्म ‘दी ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनाललगायतको अभिनय छ। रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीकै निर्माण रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ। 

 

प्रकाशित: १७ फाल्गुन २०७५ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App