८ वैशाख २०८१ शनिबार
खेल

टी–२० वरियतामा नेपालका ३ खेलाडी, रोहित शर्मा भन्दा पारस खड्का अघि

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन्। आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन्।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औं स्थानमा उक्लिएका छन्। ७६ अंक पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो। अघिल्लो महिना पारस ४०औं स्थानमा रहेका थिए। अलराउण्डरमा कप्तान पारस भारतका रोहित शर्मा भन्दा अघि रहेका छन्। रोहित ४० औं स्थानमा रहेका छन्।

पारस ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औं स्थानमा उक्लिएका छन्। अघिल्लो महिना पारस ९०औं स्थानमा थिए। यएईमा हालै सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन्।

अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल ५०औं स्थानमा रहेका छन्। यसअघि सोमपाल ५१औं स्थानमा थिए। त्यस्तै समान ४०९ अंक प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औं स्थानमा छन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App